लुम्बिनी प्रदेशको प्रशिक्षकमा जनक केसी नियुक्त

कोहलपुर ।

अखिल नेपाल फुटबल संघले आज ६ प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ । यू—१९ र यू—१६ को दोस्रो चरणको महिला खेलाडी छनौट कार्यक्रमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ प्रदेशमा प्रशिक्षक नियुक्त गरेको हो ।

प्रदेशका एन्फामा आबद्ध रहेका प्रदेश फुटबल संघलाई पत्रचार गर्दै लुम्बिनी प्रदेशमा जनक केसीलाई नियुक्त गरेको छ । केसी मुख्यमन्त्री कोहलपुर गोल्डकपका मुख्य प्रशिक्षकमा रही काम गरिसकेका छन् ।

यस्तै बागमती प्रदेशबाट राजकुमार केसी र रामचन्द्र थापा, मधेस प्रदेशबाट तिलक जंग मिर्चिरिङ्ग र प्रज्वल सिंह सेवा, कोशी प्रदेशबाट श्याम बहादुर गुरुङ्ग र सरिन प्रधान, लुम्बिनी प्रदेशबाट जनक केसी र यम बहादुर गुरुङ्ग, सुदुरपश्चिम प्रदेशबाट पुस्कर शाही र भिष्म भाट प्रशिक्षकको रुपमा नियुक्ती गरेको हो ।

एन्फाले नियुक्त गरेका १२ जना प्रशिक्षकलाई ६ प्रदेशबाट पौष १० गतेदेखि १३ गतेसम्म (यू—१९) र पौष १४ गतेदेखि १७ गतेसम्म (यू—१६) का महिला खेलाडी छनौट गरी नामावली पठाउने समेत निर्देशन गरेको छ ।