Kohalpur Today Header Ads

प्रदेश स्तरीय छनौट प्रतियोगितामा कोहलपुर बागेश्वरी र नमूना विद्या सदन प्रथम [फोटो फिचर]




कोहलपुर ।

 प्रदेश स्तरीय छनौट प्रतियोगिता-२०८० मा कोहलपुर बागेश्वरी र नमूना विद्या सदन प्रथम भएका छन् ।

शनिबार कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले उद्घाटन गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगिता-२०८० सुरु भएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यहि पुष १४ गते दाङ जिल्लाको लमहीमा हुने वत्तृत्वकला र गायन प्रतियोगितामा सहभागि गराउन नेशनल प्याब्सन बाँकेले छनौट प्रतियोगिता कार्यक्रम गरेको हो ।

नेशनल प्याब्सन बाँकेको आयोजनामा भएको प्रदेश स्तरीय छनौट प्रतियोगिता-२०८० मा गायन र वत्तृत्वकलामा कोहलपुर बागेश्वरी र नमूना विद्या सदन प्रथम भएका हुन ।

गायन प्रतियोगितामा कोहलपुर बागेश्वरीमा अध्ययनरत छात्रा ग्रेस पाहाडी र वत्तृत्वकला प्रतियोगितामा नमूना विद्या सदनमा अध्ययनरत छात्रा शोभाना देवकोटा प्रथम भएका छन् ।

यस्तै गायन प्रतियोगितामा पञ्चमूखी ईमि स्कुलमा अध्ययनरत छात्रा एलिजा माझी र वत्तृत्वकला प्रतियोगितामा वेस्र्टन ईमि स्कुलमा अध्ययनरत सरिना शाही द्धितीय भएका छन् ।

यस्तै गायन प्रतियोगितामा नमूना विद्या सदनमा अध्ययनरत छात्रा स्वस्तिमा चौधरी र वत्तृत्वकला प्रतियोगितामा पञ्चमूखी ईमि स्कुलमा अध्ययनरत छात्रा रिया कंवर तृतीय भएका छन् ।

यस्तै वत्तृत्वकला प्रतियोगितामा १६ वटा विद्यालय सहभागि थिए भने गायन प्रतियोगितामा १४ वटा विद्यालय सहभागि थिए । वत्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा लेख प्रसाद प्याकुरेल र ललिता थापा रहेका थिए भने गायन प्रतियोगितामा बलु घर्ती र माया अधिकारी रहेका थिए ।

यस्तै छनौट प्रतियोगिता कार्यक्रममा नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले स्वागत मन्तव्य राखेका थिए । नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले कक्षा ८–१२ को बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउने बताए ।

यहि पुष १४ गते लमहीमा हुन लागेको गायन र वत्तृत्वकला प्रतियोगितामा भाग लिन बाँके जिल्लाबाट छनौट गरिएको मल्लले बताए । उहाँका अनुसार प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरूलाई प्रदेश स्तरीय गायन र वत्तृत्वकला प्रतियोगितामा भाग लिन पाउने बताए ।

यस्तै कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उप–महासचिव कुसुम रानाभाट, केन्द्रिय सदस्य बामदेव न्यौपाने, लुम्बिनी अध्यक्ष कुवेर बस्नेत, सह कोषाध्यक्ष कमल पछाई, जिल्ला सहसचिव प्रकाश मल्ल र नेशनल प्याब्सन कोहलपुरका अध्यक्ष विष्णु केसी लगायत सम्पूर्ण पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार