पत्रकार परियारको पहलमा कुमालको घर बन्यो

कोहलपुर ।

राप्तीसोनारी गाउँपालिका वडा न ९ बुचापुरका सहारा बिहिन हरिलाल कुमालको घर निर्माण भएको छ ।

लामो समयदेखी झुप्रोमा बस्दै आएका कुमालको पत्रकार कविन्द्र परियारको पहलमा अर्ध पक्की घर निर्माण गरिएको हो । केहि दिन अघि परियारले सामाजिक संजाल मार्फत घर निर्माणकालागी अनुरोध गरेका थिए । सेवा नै धर्म भएकोले आफुले सक्दो सहयोग गरेको परियारले बताए ।

कुमालको घर निर्माणकालागी सेन्चुरी इ मी स्कुल राप्तीसोनारी ९ ले ढुङ्गा, ब्लक इँट्टा ,झ्याल ढोका उपलब्ध गराएको थियोे । त्यस्तै महादेवपुरी श्रीसनराइज ई.मी स्कुल राप्तीसोनारी ९ का संस्थापक प्रीन्सिपल सागरदत्त गौतमले सिमेन्ट तथा अन्य सामाग्री,

शितल प्रसाद कार्कीले बालुवा, समाजसेवी बालकृष्ण खडकाले ढुवानी तथा रंगरोगन, राप्तीसोनारी ९ का युवा चोपेन्द्र वली, राष्ट्रिय (स्वतन्त्र पाटी राप्तीसोनारीका भुपेन्द्र वली हर्क बहादुर कुमाल, टिका कुमाल प्राविधिक सहयोग गरेका थिए ।

परियारले सामाजिक संन्जाल मार्फत दशै तिहार लगायतका चाडपर्वमा कुमाललाइ खाद्यान्न नगद जुटाइदिदै आएका थिए । कविन्द्र परियार कोहलपुर टुडेका प्रमुख समाचारदाता समेत हुन् ।