दिगो कृषि सहकारी संस्थाको १३ औं साधारणसभाबाट अध्यक्षमा अर्याल

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा न १४ स्थित दिगो कृषि सहकारी संस्थाको अध्यक्षमा धुर्वराज अर्याल चयन भएका छ्न।

शुक्रबार सम्पन्न संस्थाको १३ औं साधारणसभा बाट अर्याल अध्यक्षमा चयन भएका हुन । संस्थाको उपाध्यक्षमा हरीकला मगर चयन भएकी छिन! त्यस्तै सदस्यहरुमा भगवती अधिकारी, द्रोपती कुमारी बुढा,गंगादेवी वली त्रिवेणी प्रसाद बासफोर,नर बहादुर खत्री ,अनिता पौडेल ,दुर्ग बहादुर हमाल,कर्णप्रिय राना,र मेवालाल थारु चयन भएका छ्न ।

कोहलपुर नगरपालिका वडा न १४ का वडाध्यक्ष समेत रहेका सहकारी संस्थाका अध्यक्ष नम प्रसाद आलेमगरले सहकारीको अध्यक्ष पदबाट राजीनामा दिएपछि १३ औं साधारणसभा बाट नयाँ कार्यसमिति चयन गरी समितिलाइ पुर्णता दिइएको सहकारीका मुख्य व्यवस्थापक यदु प्रसाद शर्माले जानकारी दिए  ।

सहकारीको १३ औं साधारणसभा सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले दिप प्रज्वलन गरी उदघाट्न गरेका थिए । उदघाट्न सत्रमा बोल्दै सुवेदीले सहकारीका शेयर सदस्यहरुले कस्तो सहकारीमा बचत गरे आफ्नो बचत सुरक्षित हुन्छ भनेर मात्र आफुले दुख गरी कमएको पैसा बचत गर्नुपर्ने बताए! हामीले सहकारीको सबै कुरा बुझेर मात्र बचत गर्नुपर्छ सुवेदीले भने ।

साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष धुर्वराज अर्यालले संस्थाको वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका व्यवस्थापक यदु प्रसाद शर्माले ७ करोड २७लाख ४३ हजार ७ सय ८७ बराबरको आयव्यय प्रस्तुत गरेका गरेका थिए ।

सभामा उत्कृष्ट ॠणी रमेश कुमार तमौली,ज्ञानु दर्जी,उत्कृष्ट बचतकर्ता आशिष सुनार र सुगी राना लाइ दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियोे । त्यस्तै उत्कृष्ट कर्मचारीको रूपमा मधु केसी लाइ सम्मानपत्र सहित सम्मान गरिएको थियोे ।

साधारणसभाको उदघाटन सत्रमा कोहलपुर नगरपालिका वडा न १४ का वडाध्यक्ष नम बहादुर आले, जिल्ला कृषि सहकारी संघ बाँकेकी अध्यक्ष एकता शाह,कोहलपुर शम्सेरगज खानेपानी तथा सरसफाइ समितीका अध्यक्ष दान बहादुर वली लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका कार्यवाहक अध्यक्ष धुर्वराज अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,शेयरसदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संचालक समिति सदस्य अनिता पौडेलले स्वागत मन्तव्य राखेकी थिइन भने संचालक समिति सदस्य कर्णप्रिय रानाले कार्यक्रमको संचालन गरेका थिए ।