नगर प्रहरीको निगरानीमा भन्सार छलीको तरकारी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा भन्सार छलीको तरकारीको निगरानीमा नगर प्रहरीले गरिरहेको छ ।

नियमित रुपमा निगरानीमा राखेको नगर प्रहरीले दैनिक रुपमा चेकिङ्ग गर्दै भन्सार छलीका तरकारीहरुलाई भन्सारसम्म पुर्‍याउने काम गरिरहेको छ ।

कोहलपुर नगरपालिकाको १४ वडाको हवल्दारपुर, हाइस्कुल, न्यूरोड लगायत अन्य क्षेत्रहरुमा निगरानीका लागि विहान करिब ४ बजेदेखि ६ बजेसम्म निगरानी गरिरहेको नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताए ।

नगरपालिकाका जनप्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका पदाअधिकारी लगायत व्यवसायहरु समेत साथमा लिएर काम गरिरहेको थापाले बताए ।

‘जमुनाह नाका हुँदै कोहलपुर, बैजनाथ र राप्तीसोनारीमा विक्रि वितरण गर्नका ल्यार्ईएको अवैध तरकारी जफत गरी भन्सार पठाउने काम भईरहेको छ’ उनले भने, हामीले दैनिक रुपमा अवैध रुपमा ल्याईएका तरकारी तथा अन्य विभिन्न खाद्य बस्तुहरुलाई समेत रोक्ने प्रयास गरिरहेका छौं ।’

नेपालमा उत्पादन भएका तरकारीहरुले बजार पाएका छैनन तर भारतीय नाकाबाट अवैध रुपमा ल्याइएका तरकारीको हालिमुहाली गरेको भन्दै नगर प्रहरीले निगरानी गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।

‘भारतबाट ल्याउने विभिन्न तरकारी आयत गर्दा विलविजक अनिवार्य हुनुपर्नेछ’ उनले भने, ‘हामीले एक ट्रक तरकारी ल्याउँदा वा अन्य ५ केजी तरकारी ल्याउँदा कर तिर्नुपर्र्छ भन्ने अनि दैनिक रुपमा एक गाडि ल्याउँदा समेत भन्सार चुप लागेर बस्न कहाँ पाइन्छ ?’ भन्सारमा तरकारीलाई करको दायरामा ल्याई विषादीयुक्त छ या छैन भनी चेकजाँच गरी मात्र विक्रि वितरण गर्ने पाउने कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले बताए ।