कोभिडको नयाँ भेरियन्ट

काठमाडौँ ।

कोभिडको नयाँ भेरियन्ट देखा परेकोछ । नयाँ भेरियन्टलाई जेएन १ नाम दिएको छ ।

भारतबाट प्रकाशित हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो समयमा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।

जेएन–१ चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि देखा परेको छ । कोभिड–१९ ले स्वरुप परिवर्तन गर्दै गएर नयाँ भेरियन्ट जेएन–१ निर्माण भएको हो ।

यो छिटो फैलने भए पनि चिकित्सकहरुले त्यति धेरै डराउनु नपर्ने बताएका छन् । जेएन १ भेरियन्ट पहिलो पटक सेप्टेम्बरमा अमेरिकामा पत्ता लागेको थियो ।

विश्व स्वास्थ्य संगठनले यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनेको छ र, विश्वव्यापी रुपमा फैलन सक्ने बताएको छ ।