बैजनाथमा निःशुल्क रेविज रोग विरुद्ध खोप लगाउने कार्यक्रम सुरु

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप कार्यक्रम बुधबारदेखि सुरु गरेको बताए ।

पालिकामा रहेका घरपालुवा कुकुर तथा भूस्याह कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाउन पालिकाको पशु सेवा शाखामा ल्याउन शाहीले अनुरोध गरेका छन् । बैजनाथ गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख खड्क बहादुर सिंहले चालू आर्थिक बर्षको अन्तिम असार मसान्तसम्म रेविज विरुद्धको खोप लगाउने बताए ।

पालिकामा करिब ७ सयदेखि ८ सयसम्म हुने अनुमान गरिएको छ भने घरपालुवा तथा भूस्याह कुकुरलाई पशु सेवा शाखा ल्याउन सिंहले आग्रह गरेका छन् । सिंहका अनुसार निशुल्क रेविज रोग विरुद्धको खोप यो बैजनाथमा पहिलो पटक लगाउन लागिरहेको सिंहले बताए ।