कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप कार्यक्रम बुधबारदेखि सुरु गरेको बताए ।
पालिकामा रहेका घरपालुवा कुकुर तथा भूस्याह कुकुरलाई रेविज रोग विरुद्धको खोप लगाउन पालिकाको पशु सेवा शाखामा ल्याउन शाहीले अनुरोध गरेका छन् । बैजनाथ गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख खड्क बहादुर सिंहले चालू आर्थिक बर्षको अन्तिम असार मसान्तसम्म रेविज विरुद्धको खोप लगाउने बताए ।
पालिकामा करिब ७ सयदेखि ८ सयसम्म हुने अनुमान गरिएको छ भने घरपालुवा तथा भूस्याह कुकुरलाई पशु सेवा शाखा ल्याउन सिंहले आग्रह गरेका छन् । सिंहका अनुसार निशुल्क रेविज रोग विरुद्धको खोप यो बैजनाथमा पहिलो पटक लगाउन लागिरहेको सिंहले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्