सातौं अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका खेलाडीको उत्कृष्ट प्रर्दशनले नेपाल दोस्रो

कोहलपुर ।

सातौं अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल दोस्रो स्थान ल्याउन सफल भएको छ । नेपालको नेतृत्व गर्दै तेक्वान्दो खेलाडी भारतको देहरादुनमा प्रस्थान गरेको नेपाली टोलीले दोस्रो स्थान ल्याउन सफल भएका हुन् ।

गत मंसिर २९, ३० र पुस १ गते सम्म भएको प्रतियोगितामा नेपालको टिमले दोस्रो स्थान ल्याउन सफल भएको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ३ दिन सञ्चालन भएकोे अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका खेलाडीले ७ गोल्ड, ५ सिल्भर र ४ ब्राउन्स मेडल प्राप्त गरी नेपाललाई दोस्रो स्थान ल्याउन सफल भएको बताए । जस्को नेतृत्व उमा देबि थापाले गरेकी थिइन् ।

यस्तै तेक्वान्दो प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले सिनियर तर्फको पुम्से विधामा आफ्नो प्रतिभा प्रर्दशन गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । यस्तै बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले रेफ्रीको भूमिकामा रहेका थिए ।

प्रतियोगितामा नेपाल लगायत १२ देशका खेलाडीहरुको सहभागिता रहेको थियो । उत्कृष्ट रेफ्रीका रुपमा बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानलाई उतराखण्डका खेलकुद मन्त्री गुरमीत सिंहले सम्मान गरेका थिए ।