कोहलपुरमा नेपाल प्रहरीको गाडिले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ पिपरी नजिकै नेपाल प्रहरीको गाडीले ठक्करदिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई स्कटिङ्ग गरिरहेको नेपाल प्रहरीको गाडीले मोटरसाइकल चालक देव बहादुर खत्री लगायत उनको श्रीमती समेत घाइते भएकी छिन् ।

नेपालगञ्जबाट कोहलपुर तर्फ आउँदै गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको स्कटिङ्ग गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरको गाडीले मोटरसाइकलमा ठक्करदिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरले घाइतेहरुको उपचारको खर्च र अन्य कानून अनुसारको काम गर्ने इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।

घाइतेहरुको उपचार अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भइरहेको छ ।