रुस–युक्रेन युद्धमा कैलालीका एक युवकको मृत्यु

काठमाडौं ।

रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ ।

रुसी सेनाका तर्फबाट युद्धमा सहभागी टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो । मंसिर १० गते उनको मृत्यु भएपनि परिवारले तीन दिन अघि मात्रै खबर पाएको थियो । परिवारले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।

भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमतीलाई भरत युद्धमा मारिएको खबर पठाएको र उनीहरुबाट ढिला मात्र जानकारी पाएको भरतका दाजु पर्ने बिर्ख शाहले बताए ।

१० वर्षको प्रहरी सेवा त्यागेर उनी दुबई गएर त्यहाँ रोयल गार्डमा रोजगारी पाए। तलब राम्रै थियो। तर भरतले त्यो जागिर पनि छाडेर एक्कासि रुस गएका बताइएको छ ।