कोहलपुर जुत्ताचप्पल व्यवसायी संघको अध्यक्षमा तिवारी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर जुत्ताचप्पल व्यवसायी संघको अध्यक्षमा पुन्य प्रसाद तिवारी चयन भएका छन् । आज भएको दोस्रो अधिवेशनबाट ११ सदस्यीय टिम गठन भएको हो ।

जसमा उपाध्यक्ष टिकाराम देबकोटा, सचिवमा निलकण्ठ घिमिरे, सह-सचिवमा गोबिन्द बहादुर थापा क्षेत्री र कोषाध्यक्षमा प्रेम प्रसाद पाण्डे रहेका छन् ।

यस्तै सदस्यहरुमा नम्रता पौडेल क्षेत्री, मधुकर पौडेल, हेमन्त पुन मगर, अगन्धर पौडेल, डम्बर बहादुर खत्री र नरेन्द्र न्यौपाने रहेका छन् ।