Kohalpur Today Header Ads

नेपालगञ्जबाट शैक्षिक भ्रमणमा गएको बस सुर्खेतमा दुर्घटना, एक जनाको मृत्यु




कोहलपुर ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १२ मा रहेको युनाईटेड एजुकेशनल एकेडेमी स्कुलको बस दुर्घटना भएको छ ।

आज करिब ६ बजेति बिरेन्द्रनगर नगरपालिका १२ सुब्बाकुनाबाट ३०० मिटर अगाडी सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ क ११२२ नम्बरको बस र बिपरित दिशातर्फ आईरहेको मोटरसाइकल भे ३ प ९७४० विच एक आपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

LIfe Ok

दुर्घटनामा घाइते बिरेन्द्रनगर नगरपालिका ११ का मनोज सुनारलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका—११ बस चालक ५९ वर्षका रमेश कुमार बर्मा र बसलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ३० गते शनिबार