कोहलपुर नगरपालिका वडा नं ५ मा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

भगवती पोख्रेल, कोहलपुर । 

कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं ५ एन सि सिएन चोक चोक देखि किरणनाला सम्म बृहत सरसफाइ कार्यक सम्पन्न गरिए छ ।

हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले ज्ञानोदय सामुदायिक पुस्तकालयको विशेष पहलमा कोहलपुर नगरपालिका नगर प्रहरी लगायत स्थानीय संघसंस्थाको समन्वयम कार्यक्रम गरिदै आएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रम चेतनामूलक भएको र यसमा स्थानीय बासिको अहम भूमिका हुनुपर्नेमा जोड दिए ।

अहिले नगरे कहिले गर्ने अहिले नगरे कहिले गर्ने स्थानीय सरकार हातमा हात मिलाउन तयार रहेको जानकारी दिदै आगामी दिनमा सबैको सहभागी हुने र सरसफाइ गरिएको स्थान हरेक शनिबार स्वस्फुर्त रुपमा निरन्तर दिन एन सिब्सी एन बासीलाई अनुरोध गर्दै फोहोर गर्ने लाई कार्वाही गर्ने समेत चेतावनी दिए । उनले आगामी दिनमा वडामा ११ सदस्यीय सरसफाइ समिति निर्माण गरि नियमितता दिने प्रतिवद्दता व्यक्त गरे ।

सरसफाइ कार्यक्रममा कोहलपुर ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका सल्लाह जयश्वर पौडेल , पुर्व वडाध्यक्ष विस्णु तिवारी, नगरपालिका नगर प्रहरी प्रमुख वीर बहादुर थापा, यातायात व्यवसायी टंक वस्याल, यादब वस्याल लगायत विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका आजिवन सदस्य बद्रीनाथ सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।

आयोजक संस्थाहरुमा’कोहलपुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर’ भन्ने मुलनाराका साथ कोहलपुर बृहत सरसफाइ अभियान – २०८० मंसिर ३० गते कोहलपुर – ५ एन सि सि एन बाँकेमा कोहलपुर नगरपालिका वडा नं -५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा यो कार्यक्रम भैइरहेको छ ।

आयोजक संस्थाहरुः ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर न.पा., ५ नं. वडा कार्यालय, बाँके, कोहलपुर नगर प्रहरी आवासको लागि सहयोग समूह (लुमन्ती), कोहलपुर, रझेना तरकारी उत्पादक सहकारी संस्था लि., नवकालीका लघुउद्यम प्रवर्द्धन सहकारी संस्था लि., महिला जागरण आमा समुह, बागेश्वरी आमा समुह, बसन्त बचत तथा ऋण सहकारी संस्था लि., ज्ञान दियो बहुउद्देश्यीय सहकारी संस्था लि. यस अघि प्रथम शृङ्खला कोहलपुर नगरपालिकाको वडा नं १२ को चपर्गौडी बजार, दोस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं ३ र ४ को मदनचोक, तेस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं -१४ को हवल्दारपुरमा, चौथो शृङ्खला कोहलपुर नगरपालिका वडा नं २ को कौशिलानगरमा सम्पन्न भएको र यो पाँचौ शृङ्खला भएको पुस्तकालयका सचिव शर्माले जानकारी दिए ।