बाँके।
बैजनाथ गाउँपालिकामा “किसानसँग पालिका प्रमुख” कार्यक्रम अन्तर्गत शुक्रवार बैजनाथ ६ गडरहीमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले च्याउ खेती सम्बन्धि प्रविधि प्रयोगात्मक १ दिने अभिमुखिकरण कार्यक्रम समापण गर्नुभएको छ।
“किसानसँग पालिका प्रमुख”कार्यक्रम अन्तर्गत बैजनाथ का १ नम्बर वडा देखि ८ नम्बर वडामा सबै वडाका कृषकहरुलाई च्याउ खेती सम्बन्धि प्रबिधि तालीम प्रदान गरिएको हो। शनिबार बैजनाथ गाउँपालिका ६ गडरही र बैजनाथ ८ टिटिहिरियामा च्याउ खेती तालीम प्रदान गरिएको हो। कार्यक्रममा कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा,बिष्णुमाया मल्ल नाप्रास लक्ष्मी रेग्मी अगुवा किसान चुल्हौ थारु लगाएत स्थानीय महिला किसानहरुको उपस्थिति रहेको थियो।
सहभागी स्थानीय किसानहरुले स्थानीय तहले च्याउँको बिउमा ७०% स्थानीय तहले र बाँकी ३०% किसानले बेहोर्ने गरि उन्नत जातको च्याउको बिउ बितरण गरिएको हो। अझै च्याउँमा दिएजस्तै पानी सिंचाई मल बिउ लगाएत सतप्रतिशत अनुदानमा सरकारले उपलब्ध गराए उत्पादनमा वृद्धि गर्न सकिने माग राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय सरकार प्रमुख शाहीले बैजनाथलाई कृषिम आत्मनिर्भर बनाउन नगदेबालि र तरकारी उत्पादनमा वृद्धि गर्न र किसानको उत्पादन स्थानीय सरकारले नै खरिद गरे। स्थानीय तहलाई आत्मनिर्भर बनाउन सरकारले किसानहरुको आवश्यकताका आधारमा आवश्यक कृषि औजार ढुवानी सामाग्री मल बिउ बिजन सौलियत मुल्यमा उपलब्ध गराउन कृषि पशु र सिंचाईमा बिग बजेट ब्यवस्थापन गरेको अध्यक्ष शाहीले बताउनुभयो ।
स्थानीय सरकार सधैं किसानहरुको साथमा रहने प्रतिबद्धताका साथै च्याउ खेती प्रबिधि सम्बन्धि लिएको तालिम लाभदायक र उपयोगी बनाउन अनुरोध गर्दै बिगत आर्थिक बर्ष हस्तान्तरण गरेका कृषि सामाग्रीहरुको समेत केहि दिनमा अनुगमन गर्ने बताउनुभएको कृषि शाखा प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्