१४औं क्रिसा रनिङ्ग शिल्ड : कोहलपुर बागेश्वरीलाई ६-८ को उपाधि

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाहमा भएको १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कक्षा (६-८) को उपाधि कोहलपुर बागेश्वरी ईमी स्कुलले लिएको छ ।

तीन तह (१-५, ६-८ र ९-१२) मा भएको खेलमा कक्षा (६-८) को उपाधि बागेश्वरी ईमी स्कुलले लिएको हो ।

कक्षा (६—८) मा बागेश्वरी ईमी स्कुल प्रथम, पञ्चमुखी ईमी स्कुल र हिमालय विद्या निकेतन द्धितीय र नमुना विद्या सदन तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

कक्षा ६-८ मा बागेश्वरी ईमी स्कुलका छात्रातर्फ पार्वती बुढाले १०० र ४०० मिटर दौडमा प्रथम भएकी थिइन् भने अभिषेक विकले ४०० मिटर दौडमा प्रथम र १०० मिटर दौडमा द्धितीय स्थान ल्याउन सफल भए ।

कक्षा ९-१२ मा बागेश्वरी ईमी स्कुलका छात्रातर्फ शन्देश जैसीले १०० मिटर दौडमा तृतीय स्थान ल्याउन सफल भए ।

यस्तै कक्षा १-५ मा बागेश्वरी ईमी स्कुलका छात्रतर्फ युवराज देवकोटाले १०० मिटर र २०० मिटर दौडमा द्धितीय स्थान प्राप्त गरे भने छात्रातर्फ निरुता मल्ले १०० मिटर दौडमा द्धितीय स्थान प्राप्त गर्न सफल भईन ।

यस्तै कक्षा १-५ मा उत्कृष्ट खेलाडीमा स्काईल्याण्डका निर्जल कार्की, सार्वधिक गोलकर्तामा शमशेरजंग ईमी स्कुलका गजल यारी र उत्कृष्ट गोल किप्परमा फुलबारी एजुकेशन एकेडेमीका इन्द्रलाल नेपालीले प्राप्त गरेका थिए ।

यस्तै कक्षा ९-१२ मा नमूना विद्या सदनकी छात्रा अनिता बस्नेतले उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको थियो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा बुधबारदेखि १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको थियो ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका थिए । ३ तह (१-५, ६-८ र ९-१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो ।

(१-५, ६-८ र ९-१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा भएको हो ।

१०० मिटर, २०० मिटर, ४०० मिटर, ४x१०० मिटर र ४x४०० मिटर रिले दौड, फुट्सल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका थिए भने प्रतियोगितामाप्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा भएको क्रिसा बाँकेका अध्यक्ष वेग प्रकाश चन्दले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।