शिवशक्तिमा निःशुल्क आँखा शिविर, २ सय ४४ जना लाभान्वित




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-२ मा रहेको शिवशक्ति आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

आज विहान करिब ११ बजेदेखि सुरु भएको निःशुल्क आँखा शिविरमा २ सय ४४ जनाले सेवा लिएका छन् । कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले शिविरको उद्घाटन गरेका थिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा २ सय १५ जना विद्यार्थी र २९ जना जेष्ठ नागरिकले सेवा उपलब्ध गराएको शिवशक्ति आधारभूत विद्यालयका प्रानाध्यापक बद्रि सापकोटाले जानकारी दिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बरिष्ठ आँखा रोग विशषज्ञ डा. नन्दा गुरुङ्गको नेतृत्वमा ११ जनाको टोली आँखा चेकजाँच गरेको थियो ।

२७ जना विद्यार्थीहरुको आँखामा समस्या देखिएको र १५ जना जेष्ठ नागरिकहरुमा भने चस्माको प्रयोग गर्नुपर्ने देखिएको डा.नन्दा गुरुङ्गले बताइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अधिकृत रवि मिजार, नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक प्रेम प्रसाद पाण्डे लगायत अभिभावकहरुको समेत उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर २८ गते बिहीबार