१४औं क्रिसा रनिङ्ग शिल्ड : मार्चपासमा दिव्य विद्या सदन प्रथम




कोहलपुर ।

१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा दिव्य विद्या सदन मार्चपासमा प्रथम भएको छ ।

बुधबारदेखि बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र विगाहमा सुरु भएको ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८० मा दिव्य विद्या सदन मार्चपासमा प्रथम भएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।

खेलकुद प्रतियोगिताको पहिलो दिन भएको मार्चपासमा कोहलपुर बागेश्वरी ईमी स्कुल दोस्रो र पञ्चमुखी ई.मि स्कुल तेस्रो भएको क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले बताए ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका छन् ।

३ तह (१—५, ६—८ र ९—१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ । (१–५, ६–८ र ९–१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा हुनेछ ।

१ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४ह१ सय मिटर र ४ह ४ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका छन् भने प्रतियोगितामा प्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा २९ गतेसम्म सञ्चालन हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर २८ गते बिहीबार