जनता आदर्श माविमा भएको वक्तृत्वकला प्रतियोगितामा अविनास थारु प्रथम

भगवती पोख्रेल, कोहलपुर ।

बैजनाथमा रहेको जनता आदर्श  माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्वकला कार्यक्रम सम्पन भएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम.एड. चौथो सेमेस्टरमा अध्ययनरत अभ्यास शिक्षकहरुले उक्त कार्यक्रम आयोजना गरेका हुन ।


कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विषयका उपप्राध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि एकराज शर्माले विद्यार्थीले आफुले प्राप्त ज्ञान, सीप लाई व्यवहारमा कार्यन्वयन गर्नुपर्ने वताए । विद्यार्थीहरुले लाज, सरम र जानिदैन भन्ने मनोभावनाबाट टाढा हुनुपर्नेमा जोड दिए ।

विद्यार्थी जिवनमा अनुशासनको महत्व रहेकोले अनुशासनमा रहि अध्ययन गर्न सम्पूर्ण विद्यार्थी निर्देशन दिए । ज्ञान विना मानिसको अस्तित्व मेटिने हुंदा अध्ययन  मानवीय जिवनको अर्थ रहेको वताए । पछिल्लो समयमा विद्यार्थी कक्षा -१२ उतिर्ण गर्ने वितिकै विदेशजाने लहर भएकोले स्वदेशमै बसेर पनि धेरै कमाउन र रमाउन सकिने भएकोले स्वदेमै बसि अध्ययन गर्न अनुरोध गरे । केही समय अघि खुलेको शिक्षक सेवा आयोगमा कोटा नै पूरा नभएकोले किन विदेश जाने प्रश्न गरे ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा सस्तो र सुलभ शुल्कमा स्नातकोत्तर तहमा शिक्षा, मानविकी, व्यवस्था, वि वि ए र वि एस्सिको पढाइ हुने र स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकायमा पाठ्यक्रम तथा मूल्याङकन, स्वास्थ शिक्षा, अंग्रेजी शिक्षा र  नेपाली शिक्षा, मानविकीमा ग्रामीण विकास र व्यवस्थापन संकायका विभिन्न विषयको पढाइ हुने भएकोले क्याम्पसमा आएर अध्ययन गर्न  अनुरोध गरे ।


आदर्श  माध्यमिक विद्यालय जबदवाका  प्रधानाध्यापक महेश शर्माले बागेश्वरी क्याम्पस र आफ्नो विद्यालयको सम्बन्ध निकै पुरानो भएकोले कक्षा -१२ उतिर्णपछि उच्च शिक्षा अध्ययन गर्ने नै बागेश्वरी क्याम्पस भएको जिकिर गरे । आफ्नो विद्यालय क्याम्पसको फिडर विद्यालय भएको समेत जानकारी दिए ।

उनले बागेश्वरी बहुमुखी क्याम्पसबाट अध्ययनरत स्नातकोत्तर र स्नातक तहको जनशक्ति लाई आफुले आफ्नो विद्यालयमा प्राध्यापन गरिएको वताए । उनले वागेश्वरी क्याम्पस यो क्षेत्रको सरकारी अव्वल क्याम्पस रहेकोले अभ्यास शिक्षकमा हरेक वर्ष आउने र मर्यादापुर्वक अध्यापन गरेर जाने गरेकोले क्याम्पस परिवार लाई धन्यवाद दिए ।


वक्तृत्वकला कार्यक्रममा अविनास थारु प्रथम, पार्वती सुनार द्दितिय र गोपाल सार्कि तृतीय स्थान प्राप्त गरेका थिए । प्रथम द्दितीय र तृतीय लाई पुरस्कार वितरण गरिएको आयोजक प्रकाश मल्लले वताए ।

कार्यक्रम अभ्यास शिक्षक द्रोपती भण्डारीले स्वागत मन्तव्य दिएकी थिन । अभ्यास शिक्षक परेक कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण अभ्या शिक्षक प्रकाश मल्लले गरेका थिए । कार्यक्रममा विद्यालय परिवार लाई ग्रेटर नेपालको नक्सा मायाको चिनो दिएको प्रधानाध्यापक शर्माले वताए ।

फोटो फिचर :