नमूना विद्यासदन माध्यमिक विद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

शिवध्वज शाही, कोहलपुर

कोहलपुरमा रहेको नमूना विद्यासदन माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत वक्तृत्वकला कार्यक्रम सम्पन भएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातकोत्तर तह एम.एड. चौथो सेमेस्टरमा अध्ययनरत अभ्यास शिक्षकहरुले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विषयका उपप्राध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि एकराज शर्माले प्राप्त ज्ञान, सीप लाई व्यवहारमा कार्यन्वयन गर्न सकेको खन्डमा मात्र आफ्नो प्रमाणपत्रको औचित्य रहने वताए । उनले म को हुं ? मेरो काम के हो ? मेरो अस्तित्व के छ ? मैले के गर्नु पर्छ ? संसार के हो ? र हाम्रो जिम्मेवारी के हो ? जस्ता जिज्ञासा सबै विद्यार्थीले खोज्नुपर्नेमा जोड दिए ।

उनले विद्यार्थी जिवनमा अनुशासनको निकै महत्व रहेकोले अनुशासनमा रहि अध्ययन गर्न सम्पूर्ण विद्यार्थी निर्देशन दिए । ज्ञान विना मानिसको अस्तित्व मेटिने हुंदा अध्ययन नै मानवीय जिवनको अर्थ रहेको वताए ।

उनले सस्तो र सुलभ मूल्यमा स्नातकोत्तर तहमा शिक्षा, मानविकी, व्यवस्था, वि वि ए र वि एस्सिको पढाइ हुने र स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकायमा पाठ्यक्रम तथा मूल्याङकन, स्वास्थ शिक्षा, अंग्रेजी शिक्षा र नेपाली शिक्षा, मानविकीमा ग्रामीण विकास र व्यवस्थापन संकायका विभिन्न विषयको पढाइ हुने भएकोले क्याम्पसमा आएर अध्ययन गर्न अनुरोध गरे ।


नमूना विद्यासदन माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक तथा कार्यक्रमका विशिष्ट अतिथि शिव डांगीले विद्यार्थीमा नैतिकता, संस्कृति, संस्कार सहितको क्रियाकलाप हुनुपर्नेमा जोड् दिए । उनको नमूना विद्यासदन मा वि मा हरेक दिन विद्यालयले गर्ने हरेक गतिविधि सौहाद्र रुपमा हुने गरेको, अतिरिक्त क्रियाकलाप हुने गरेको वताए ।

उनले बागेश्वरी बहुमुखी क्याम्पसबाट अध्ययनरत स्नातकोत्तर र स्नातक तहको जनशक्ति लाई आफुले आफ्नो विद्यालयमा प्राध्यापन गरिएको वताए । उनले वागेश्वरी क्याम्पस यो क्षेत्रको सरकारी अव्वल क्याम्पस रहेकोले अभ्यास शिक्षकमा हरेक वर्ष आउने र मर्यादापुर्वक अध्यापन गरेर जाने गरेको वताए ।


वक्तृत्वकला कार्यक्रममा शुभना देवकोटा प्रथम, सोनि सुनार द्दितिय र सुस्मिता परियार तृतीय स्थान प्राप्र गरेका थिए । प्रथम द्दितीय र तृतीय लाई पुरस्कार वितरण गरिएको आयोजक टेकराज पंगालीले वताए ।

कार्यक्रम अभ्यास शिक्षकहरु लक्षुराम चौधरी, पहलमान खड्का, टेकराज पंगाली, सुस्मा खनाल र हेमकर्ण रेग्मीले आफ्नो जिम्मेवारी बहन गरेका थिए । कार्यक्रममा नमूना विद्यासद्न मा वि का पृन्सिपल, सरस्वती मा वि का प्र अ विशाखर जैसी, त्रिभुवन मा वि का शिक्षक हरि बहादुर चन्दको उपस्थित रहेको थियो । लक्षुराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सुस्मा खनालले गरेकी थिन ।

फोटो फिचर