पञ्चमुखी स्कुलमा मिनि रनिङ्ग शिल्ड प्रतियोगिता सकियो

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको पञ्चमुखी स्कुलमा मिनि रनिङ्ग शिल्ड प्रतियोगिता-२०८० समापन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ मंगलबारबाट सुरु भएको रनिङ्ग शिल्ड प्रतियोगितामा आज समापन गरिएको हो ।

मिनि रनिङ्ग शिल्ड प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न विधामा भाग लिएका थिए । पञ्चमुखी ईमी स्कुलका एमडी किशोर राज मल्लले शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले जिल्ला हुँदै केन्द्रसम्म समेत उत्कृष्ट प्रदर्शन गरेको बताए ।

बालबालिकाहरुलाई कस्तो बनाउने ? कसरी पढाउने ? के कस्ता क्रियाकलाप गराउने ? भन्ने विषयमा निकै चनाखो भएर लागेको बताए । बालबालिकाको सार्वङ्गीण विकासका लागि खेलकुद अति आवश्यक रहेको पञ्चमुखी ईमी स्कुलका एमडी मल्लले बताए ।

पञ्चमुखी ईमी स्कुलका प्रिन्सिपल डिल्लीराज घिमिरेका अनुसार कक्षा नर्सरीका बालबालिकाहरुलाई वेलुन ग्याम, हट पोट्याटो र म्याचिङ्ग द सेम कलर खेल खेलाइएको बताए ।

नर्सरीको वेलुन ग्याममा अनिरुद्र थापा प्रथम, प्रतिशा मल्ल द्धितिय र कृष्टिना पोख्रेल तृतीय भएका हुन् ।

हट पोट्याटोमा शौभाग्य शाही प्रथम, मो हसन रोजा खान द्धितीय र रिहान खान तृतीय भएका हुन् भने म्याचिङ्ग द सेम कलर खेलमा भने रिहान खान प्रथम, प्रमोद थापा द्धितीय र पुजन आचार्य तृतीय भएका हुन् ।

यस्तै यूकेजीमा वेलुन ग्याम, चम्चा दौड र कुर्सी दौड खेल भएको थियो । वेलुन ग्याममा बसन्त घर्ती प्रथम, रितिश्मा जैशी द्धितीय र भावना थापा तृतीय भएका हुन् । चम्चा दौडमा नविन घर्ती प्रथम, ओश्नवी बुढा द्धितीय र लेलिन बलामी मगर तृतीय भएका हुन् भने चम्चा दौडमा ऋतु शाह प्रथम, प्रिन्शा बि.के द्धितीय र नेशमराज उपाध्याय तृतीय भएका हुन् ।

यस्तै एलकेजीमा शब्द खेल, बल फ्याक्ने खेल, बेलुन दौड खेल भएको थियो । शब्द खेलमा गरिमा के.सी प्रथम, आयन बिष्ट द्धितीय र जसिका शाही तृतीय भएका हुन् ।

बल फ्याक्ने खेलमा चाँदनी खनाल प्रथम, दुर्गा मगर द्धितीय र सदिक्षा बस्नेत तृतीय भएका हुन् भने बेलुन दौडमा प्रकाश घर्ती प्रथम, सूर्यदेव बोहरा द्धितीय र दुर्गा मगर तृतिय भएका हुन् ।

यस्तै कक्षा १ मा चम्चा दौड, म्यूजिकल चियर, हट पोट्याटो, बेलुन फुटाउने खेल भएको थियो । चम्चा दौडमा रोशन मल्ल र आरती बम प्रथम, आरोशी रावल द्धितीय र हेमन्त बराल तृतीय भएका हुन् भने म्यूजिकल चियरमा अपिल पाण्डे प्रथम, अभिषेक सिंह द्धितीय र सान्वि अधिकारी तृतिय भएका हुन् ।

हट पोट्याटोमा सिद्धान्त जिसी प्रथम, सुमि शाही द्धितीय र आशिस मल्ल तृतीय भएका हुन् भने बेलुन फुटाउने खेलमा आलोक शाही प्रथम, आरती बम द्धितीय र अलिशा के.सी भएका हुन् ।

यस्तै कक्षा २ मा चम्चा दौड, बेलुन फुटाउने खेल, म्यूजिकल चियर, हट पोट्याटो खेल भएको थियो ।

चम्चा दौडमा क्षितिज रावत र संयोग खड्का प्रथम, अन्जल थापा द्धितीय र गरिमा खड्का तृतीय भएका हुन् भने बेलुन फुटाउने खेलमा गरिमा सिंह प्रथम, रिदम थापा द्धितीय र गौरव सिंह तृतीय भएका हुन् ।

म्यूजिकल चियर खेलमा अनुजा बस्नेत प्रथम, हार्दिक घिमिरे द्धितीय र शुभ तिवारी तृतीय भएका हुन् भने हट पोट्याटो खेलमा प्रभाश शाही प्रथम, आशिका पन्थी द्धितीय र दिया डंगर तृतीय भएका हुन् ।

यस्तै कक्षा ३ मा चम्चा दौड, बेलुन फुटाउने, म्यूजिकल चियर र हट पोट्याटो खेल भएको थियो । चम्चा दौडमा आयुष विसी प्रथम, जिज्ञाशा कुँवर द्धितीय र काजल ओली तृतीय भएका हुन् भने बेलुन फुटाउने खेलमा राघव तिरुवा प्रथम, द्धितीय मनोज के.सी र प्रनिध थापा तृतीय भएका हुन् ।

म्यूजिकल चियरमा अभिषेक उपाध्याय प्रथम, जोयलश बि.के द्धितीय र आयुष विसी तृतीय भएका हुन् भने हट पोट्याटोमा विजय भण्डारी प्रथम, सुदन पौडेल द्धितीय र पूर्ण खड्का तृतीय भएका हुन् ।

यस्तै कक्षा ४ र ५ मा छात्र/छात्रा १ सय, २ सय दौड खेल र म्यूजिकल चियर खेल खेलाइएको थियो । छात्रको १ सय मिटर दौडमा सुवास के.सी प्रथम, मार्शल शाही द्धितीय र निक्रान्त सिंह तृतीय भएका हुन् भने छात्राको १ सय मिटर दौडमा दिव्यानी मल्ल प्रथम, बबिता डाँगी द्धितीय, विद्या बोहरा तृतीय भएका हुन् ।

छात्रको २ सय मिटर दौडमा सुवास के.सी प्रथम, मार्शल शाही द्धितीय र निक्रान्त सिंह तृतीय भएका हुन् भने छात्राको २ सय मिटर दौडमा दिव्यानी मल्ल प्रथम, आयुषा के.सी द्धितीय र मृदा मल्ल तृतीय भएका हुन् ।

म्यूजिकल चियर खेलमा सोविका भण्डारी प्रथम, दिव्यानी मल्ल द्धितीय र सुशान्त खत्री तृतीय भएका हुन् ।

यस्तै कक्षा ६ देखि ८ सम्म छात्र/छात्रा १ सय, ४ सय मिटर दौड र सटफुट खेल भएको थियो । छात्रको १ सय मिटर दौडमा जेनिस कुँवर प्रथम, संगम खत्री द्धितीय र चित्रा हमाल तृतीय भएका हुन् भने छात्राको १ सय मिटर दौडमा पुनम चन्द प्रथम, स्मृति शाही द्धितीय र तृष्णा खड्का तृतीय भएका हुन् ।

छात्रको ४ सय मिटर दौडमा संगम खत्री प्रथम, जेनिस कुँवर द्धितीय र अभिषेक के.सी तृतीय भएका हुन् भने छात्राको ४ सय मिटर दौडमा पूर्णिमा बुढा प्रथम, सन्ध्या शाही द्धितीय र सृष्टि बि.सी तृतीय भएका हुन् ।

छात्र सटफुट खेलमा खेम कडायत प्रथम, चित्रा हमाल द्धितीय र कृष्ण बोहरा तृतीय भएका हुन् भने छात्रा सटफुट खेलमा पूर्णिमा बुढा प्रथम, ऋतिका मल्ल द्धितीय र सृष्टि रेग्मी तृतीय भएका हुन् ।

यस्तै कक्षा ९ र १० कक्षामा छात्र/छात्रा १ सय, ४ सय मिटर दौड र सटफुट खेल भएको थियो । छात्रको १ सय मिटर दौडमा मिलन घर्ती प्रथम, सुवास के.सी द्धितीय र गौरव मगराती तृतीय भएका हुन् भने छात्राको १ सय मिटर दौडमा पूर्णिमा बुढा प्रथम र रोमिका बटाला द्धितीय भएका हुन् ।

छात्रको ४ सय मिटर दौडमा मिलन घर्ती प्रथम, सुवास के.सी द्धितीय, बिशाल चौधरी तृतीय भएका हुन् भने छात्राको ४ सय मिटर दौडमा रोमिका बटाला प्रथम, राधिका बि.सी द्धितीय भएका हुन् ।

छात्र सटफुट खेलमा विपिन हमाल प्रथम, मिलन घर्ती द्धितीय र अंकित देवकोटा तृतीय भएका हुन् भने छात्रा सटफुट खेलमा जेनिशा कुँवर प्रथम र रोमिका बटाला द्धितीय भएका हुन् ।

मिनि रनिङ्ग शिल्ड प्रतियोगितामा पञ्चमुखी ईमी स्कुलका प्रमुख प्रशासकिय अधिकृत बाल कुमार शर्मा, खेल शिक्षक सुरेश अधिकारी, शिक्षक र अभिभावक लगायतको उपस्थिति रहेको थियो ।