भगवती पोख्रेल, कोहलपुर ।
नेपाल सरकारको शत प्रतिशत लगानीमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्थापना भएको १३ वर्षपछि प्राध्यापक तथा कर्मचारीको प्राज्ञिक उन्नयनका लागि मध्यपश्चिम विश्वविद्यालयको तालिम एकाइले विश्वविद्यालयमा कार्यरत प्राध्यापक कर्मचारीलाई फ्याकिल्टी डेभलपमेन्ट तालिम दिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका दशवटा आंगिक क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुको लागि आयोजित ४ दिने क्षमता विकास कार्यक्रम सुर्खेतको विरेन्द्र्नगरमा रहेको ग्र्याजुएट स्कुल अफ साईन्स एन्ड टेक्नोलोजी भवनको सभाहलमा आयोजना गरिएको हो ।
तालिमको समुदघाटन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले तालीमबाट प्राध्यापक कर्मचारीहरुको शैक्षिक, प्राज्ञिक, व्यक्तिगत तथा अनुसन्धान गर्ने क्षमताको साथै प्रशासनिक क्षमताको विकास हुने वताए ।
उनले मध्यपश्चिम विश्वविद्यालय वर्तमान २१ औ शताब्दीमा डिजिटल विश्वविद्यालयका रूपमा अगाडी बढाउने वताए । मध्यपश्चिम विश्वविद्यालयले विश्वका अन्य विश्वविद्यालयमा गएर प्राध्यापक कर्मचारी मात्र होइन विद्यार्थी समेत अध्ययन गर्न सक्ने गरि एम ओ ई गरेको वताए ।
उनले कुनैपनी प्राध्यापक कर्मचारी अनुसन्धान गर्न, एम. फिल., पि. एच. डि गर्न पोस्ट पि एच डि गर्न अनुसन्धानमुलक आलेख लाई देश तथा विदेशका आधिकारिक जर्नलमा प्रकाशन गर्ने अवसरमा लाग्न निर्देशन दिए ।
उनले आम कर्णाली बासिको लागि विश्वविद्यालय स्थापना हुंदा कर्णालीको गर्व सान मान र शिक्षामा अग्रसरता बढेको वताए । उनले मध्यपश्चिम विश्वविद्यालय लाई विभिन्न माध्यमबाट विश्व रेङकिगमा राख्ने बनाउन सबैको सक्रियता र मेहनत हुनुपर्नेमा जोड दिए ।

मध्यपश्चिम विश्वविद्यालय तालिम ईकाकि संयोजक कल्पना पौडेलले मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु लाई पालैपालो तालिम दिने उदेश्य रहेको वताईन ।
तालिममा सहभागी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्वास्थ विभागका प्राध्यापक तोयानाथ पहाडीले तालीममा सहभागी भएर प्राध्यापकहरु विच आफ्नो अनुभव आदान प्रदान गर्ने र सिक्ने अवसर निकै राम्रो अवसर प्राप्त भएको वताए ।
बागेश्वरी क्याम्प पाठ्यक्रम तथा मूल्याङकन विभागमा कार्यरत प्राध्यापक एकराज शर्माले तालिमबाट नयाँ कुरा सिक्न पाएको वताए । उनले आधुनिकता समयमा शिक्षण गर्ने विधि, सामग्री, रणनीति, मूल्याङकन मात्र होइन विशिस्टकरण तालिका निर्माण, कार्यन्वयन र प्रयोग गर्नु पर्ने सुझाव दिए ।
उनले विश्वविद्यालयले सम्पूर्ण प्राध्यापक कर्मचारी लाई क्रमशः आधुनिक प्रविधिमुलक हुनुपर्ने कुरामा जोड दिए । उनले सहकार्यात्मक सिकाइ मार्फत हाम्रो प्राज्ञिक मित्रतामा अझै मजबुत हुँदै जानु पर्छ भन्ने सुझाव दिदै मध्यपश्चिम विश्वविद्यालयको तालिम एकाइलाई सुझाव दिए । उनले तालिमपछि सहभागीबाट पनि सहजीकरण गर्ने अवसर दिनुपर्ने सुझाव दिए ।
मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिम नेपाली शिक्षाका प्राध्यापक मुकुन्द प्रसाद शर्माले रचना सबैको मुटु छाम्न दोभानचौरतीर झरेको छु, क्षमता विकास गर्न भनी मुटु भित्रै पसेको छु, समग्र शैक्षिक समस्या निवारण गर्न भनी मुटुको रक्तसञ्चार गर्न यतै झरेको छु भनी सुझाव दिए । नारायण बहुमुखी क्याम्पसका प्राध्यापक पिताम्बर खडकाले विश्वविद्यालयले तालिम समय समयमा दिनु पर्नेमा जोड दिए ।

२०८० मंसिर १५ गतेदेखि सुरु भएको तालिम २०८० मंसिर १८ गते सम्म सन्चालन गरिएको थियो । उक्त तालिमको उदघाटन शत्रमा रजिस्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल, व्यवस्थापन संकायका डिन प्रा.डा. दिप बहादुर रावल, पाठ्यक्रम विकास निर्देशक वीर बहादुर पौडेलको उपस्थित रहेको थियो ।

उक्त तालिममा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिम, बबई बहुमुखी क्याम्पस गुलरिया बर्दिया, जलजला बहुमुखी क्याम्पस रोल्पा, रारा बहुमुखी क्याम्पस मुगु, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, भेरी बहुमुखी क्याम्पस गुमि, विद्यापुर जनता बहुमुखी क्याम्पस विद्यापुर र नारायण क्याम्पस दैलेखबाट ३/३ जनाका दरले विभिन्न संकायमा कार्यरत प्राध्यापकहरुको सहभागीता रहेको थियो ।
उक्त तालीमकोमा सहभागीहरु लाई ग्र्याजुएट स्कुल अफ साईन्स एन्ड टेक्नोलोजीका एवम् मध्यपश्चिम विश्वविद्यालयको तालिम एकाइका सदस्य डा दीपक अधिकारीले स्वागत मन्तव्य दिएका थिए । उदघाटन शत्रको कार्यक्रमको सहजीकरण मध्यपश्चिम विश्वविद्यालयको तालिम एकाइमा कार्यरत केन्द्रिय क्याम्पसमा प्राध्यापनरत कमला तिवारीले गरेकी थिइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्