२४ वर्षका युवा सुशील विष्ट आफ्नै घरमा मृत भेटिए

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २४ वर्षका युवा सुशील विष्ट आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार साँझा खाना खाएर आफ्नो कोठामा सुत्न गएका विष्ट विहान अवेरसम्म पनि नउठेपछि परिवारले ढोका हान्दा समेत कुनै प्रतिक्रिया नदिएपछि झ्याल फोडेर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले झ्याल ढोका सबै बन्द भएका कारणले निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको भएपनि घटनाको अनुसन्धान भईरहेको बताए ।

तिवारीका अनुसार मृतक विष्टको शब पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ, रिपोर्ट आएपछि मात्र घटनाको बारेमा थप जानकारी प्राप्त हुने बताए ।