अफवाह फैलाउने १८ युट्युब च्यानल कारबाहीमा (सूचीसहित)

​काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने’ थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस गरेको छ । काउन्सिलले दर्ता तथा सूचीकरण नभएका तर निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिएर भ्रम फैलाएको ठहर गरेर कारबाहीका लागि सिफारिस गरेको हो ।

काउन्सिलले ती युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ ।

मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

को-को परे कारबाहीमा ?