ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तीन हजार ७५५ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ ।
जिल्लाको लिखु, खिजिदेम्बा, सुनकोसी, चम्पादेवी, चिशंखुगढी र मोलुंग गाउँपालिकाको मत गणना सकिँदासम्म खतिवडा नेकपा (एमाले) का सङ्घीय उम्मेदवार यज्ञराज सुनुवारभन्दा तीन हजार ७५५ मतले अगाडि हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार बिहान ७ बजे दिएको पछिल्लो विवरण अनुसार खतिवडाले १८ हजार ७५३ र सुनुवारले १४ हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।
अहिले मानेभञ्ज्याङ गाउँपालिकाको मत गणना भइरहेको छ । मानेभञ्ज्याङ खतिवडाको गृह पालिका हो । सिद्धिचरण नगरपालिकाको मत गणना हुन अझै बाँकी छ ।
प्रदेश सभातर्फको मत गणना सकिएको छ । प्रदेश सभातर्फ क्षेत्र नं. (क) मा नेकपा (एमाले)का अम्मिरबाबु गुरुङलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रदीप सुनुवार विजयी हुनुभएको छ ।
यसैगरी, प्रदेश (ख) तर्फ नेकपा (एमाले)का ज्ञानबहादुर खड्कालाई पराजित गर्दै नेकपा (माओवादी) केन्द्रका उम्मेदवार बाबुराम गौतम विजयी हुनुभएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्