जुम्ला ।
जुम्लामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। हिमा गाउँपालिका-१ बड्की गाउँमा बस्ने ७३ का वर्षीया मिमबहादुर शाहीको मृत्यु भएको हो।
प्रहरी चौकी बड्कीका प्रहरी सहायक निरीक्षक बखत बस्नेतका अनुसार बुधबार मिमबहादुर दिउँसो घर नजिकैको बनमा गाई गोठाला गएका थिए। बेलुका घर नफर्केपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए।
तत्कालै स्थानीय र प्रहरीले खोजतलास गर्दा मृतक शाही सोही वडाको बुनिभिड भन्ने भिरबाट लडेर मृत अवस्थामा फेला परेको निरीक्षक बस्नेतले बताए।
बिहीबार जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दको कमाण्डमा ५ जनाका जनाको टोली घटनास्थल पुगेको डिएसपी प्रल्हाद कार्कीले बताए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्