यात्रा: सूर्योदय देखि लक्ष्मीसम्म

मेरो जीवनकाे अमुल्य समय सूर्योदयमा बित्यो । मैले सूर्याेदयमा बसेर आफूलाई परिपक्व बनाएँ । विद्यालयले पनि मलाई विश्वास, मान, सम्मान, इज्यत सबै दियो । बिसाैं बसन्त बिते चिसापानीमा । प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेदेखि ब्यक्तिगत जीवनलाईभन्दा संस्था लाई बढि महत्त्व दिएको छु । शैक्षिक जिवनको सुरुवातमा तत्कालीन प्र.अ.आदरणीय जयप्रकाश शाह र वि.व्य.स.अध्यक्ष स्व. राजबहादुर शाह (भु.पु.सहायक गृहमन्त्री ) ज्युको सहयोग र सद्भावमा सहकार्य गर्ने अवसर मिल्याे ।

वि.स. २०६२ सालमा बि.ब्य.स.अध्यक्ष आदरणीय श्री घननाथ खनाल ज्यू र तत्कालीन समितिको मप्रतिकाे विश्वासले मलाई प्र.अ.काे जिम्मेवारी दिइ विद्यालयको इतिहासमा सर्बाधिक लामो समय प्र.अ.काे नेतृत्व गर्ने अवसर पाए । आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा ईमानदारितापूर्वक योगदान गरेको छु । साे योगदानको भविष्यमा समिक्षा र मुल्यांकन हुने नै छ । प्र.अ.काे जिम्मेवारी पूरा गर्दा या विद्यालय संचालन गर्ने क्रममा मलाई हृदयदेखि सल्लाह , सुझाव र सहयोग गर्नुहुने तत्कालीन शिक्षक श्री रामचन्द्र त्रिपाठी, स.प्र.अ.श्री सुमित्रा न्यौपाने, शिक्षक श्री धनबहादुर शाह र समकालीन सबै शिक्षक स्टाफहरुप्रति आभारी छु ।

भूपू वि.व्य.स.का अध्यक्ष आदरणीय घननाथ खनाल, आदरणीय श्री पुनित बिक्रम शाह, बैजनाथ गा.पा.वडा न. १ का वडाध्यक्ष श्री रुप बहादुर मल्ल लगायत सम्पूर्ण राजनैतिक दलका अगुवा, अभिभावक , शिक्षक साथीहरू, कर्मचारी र बिद्यार्थी भाइबहिनीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । प्रशासनिक कार्य सम्पादनका क्रममा प्रशासन प्रमुखको हैसियतले कडा पनि बाेलियाे हाेला । एकपक्षकाे काम गर्दा अर्कोपक्षकाे चित्त पनि दुख्यो होला । त्यो सबै मेरो व्यक्तिगत लाभका लागि नभई संस्थागत जिम्मेवारी पूरा गर्ने क्रममा भएको सम्झिदिनु हाेला । सूर्योदय मा.वि.को बसाइ मेरो मन मस्तिष्कमा अमिट छाप बनेर बसिरहने छ ।

चिसापानीको लामो बसाई पश्चात् कोहलपुर -२ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रिक्त रहेको माद्यमिक तहको दरबन्दीमा सरुवा हुनका लागि निकै लामो र अत्यासलाग्दो रसाकस्सीमा मलाई ह्रदयदेखि सहयोग गर्नुहुने आदरणीय श्री घननाथ खनाल, श्री बिरेन्द्र कुमार शाह, श्री पुनित बिक्रम शाह , श्री दिपककुमार मल्ल , श्री ऋषिराज शर्मा लगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सबै महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्छु । साथै सूर्योदय मा बि चिसापानीका अध्यक्ष खगिसरा सुनार सहित सदस्यज्युहरु, शिक्षक अ.स.का अध्यक्ष लगायत सदस्यज्यूहरु, लक्ष्मी मा.वि.मा सरुवा भइ आउन हृदयदेखि सहयोग गर्ने बि.ब्य.स.अध्यक्ष प्रेमबहादुर थापा सहित सदस्यज्यूहरु लगायत अन्य सम्पूर्ण सहयोगीजनप्रति आभारी छु । यो मेरो समुदाय हो । ढिलो भए पनि आफ्नो समुदायकाे लागि काम गर्ने अवसर मिलेकाे छ ।

आफ्नो लामो प्रशासनिक अनुभव, ज्ञान, सीपकाे प्रयोगले यस विद्यालयको शैक्षिक ,भौतिक र प्रशासनिक पक्षमा सहयोग पुग्ने विश्वास लिएको छु । विद्यालयमा व्यक्तिभन्दा समूह बढि सक्रिय हुनुपर्ने र विकास पनि सामुहिक हुने भएकोले म एक्लैले धेरै गर्छु भनेर मात्र हुँदैन, त्यसैले वि.व्य.स., शि.अ.स., पूर्व प्र.अ.,शिक्षक साथीहरू, अभिभावकज्यूहरु, कर्मचारी, विद्यार्थीहरु, शिक्षाप्रेमी, बुद्धिजीवी लगायत सबै पक्षको साथ सहयोगकाे अपेक्षा गरेको छु । विद्यालयको समग्र पक्षको बिकासका लागि इमानदारीपूर्वक कार्य गर्न प्रतिबद्ध छु र रहि रहनेछु ।

जयबहादुर बिष्ट
निवर्तमान प्रधानाध्यापक
सूर्योदय माध्यमिक बिद्यालय