कोहलपुर जेसिजले गर्‍यो वक्तृत्वकला कार्यक्रम सम्पन्न

भगवती पोख्रेल, कोहलपुर
कोहलपुर जेसिज-२०२३ ले विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम गरेको छ । कोहलपुर जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्न क्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमकि प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले कोहलपुर जेसिज २००८ मा स्थापित भएदेखी कोहलपुरमा सामाजिक काम गर्दै आएको वताईन । उनले जेसिजले व्यक्तित्व र नेतृत्व विकास गराउने वताईन । उनले आफू पनि जेसिजको नेतृत्व गरेको वताईन । उनले आफ्नो पनि व्यक्तित्व तथा नेतृत्व विकास हुनमा जेसिजको हात रहेको जानकारी दिईन । कोहलपुर नगरपालिका लाई शैक्षिकहव बनाउनको लागि नगरपालिकाले सामुदायिक विद्यालयमा सबैभन्दा बढी लगानी शिक्षामा गरिएको वताईन । उनले बालबालिका लाई कुनै समस्या भए आफुलाई जानकारी गराउनका लागि जुनसुकै बेला भेट सकिने वताईन


कार्यक्रममा बोल्दै कोहलपुर जेसिज –२०२३ का अध्यक्ष ध्रुब आचार्यले कोहलपुर जेसिज अन्तरगतको सप्ताहव्यापी कार्यक्रम गरिरहेको वताए । उनले सहभागी विद्यालय तथा विद्यालय परिवार लाई धन्यवाद दिए ।
वक्तृत्वकला कार्यक्रममा तक्षशिला एकेडमी कोहलपुरकि छात्रा
मृगाक्षी राउत प्रथम स्थान, सगरमाथा ज्ञानपुन्ज माध्यमिक विद्यालयकि छात्रा वर्षका भण्डारी  द्दितीय र ज्ञानज्योति माध्यमिक विद्यालयका छात्र प्रकाश थापा तृतीय स्थान प्राप्त गरे ।


उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापहरु एकराज शर्मा, पुस्करनाथ रिजाल र खोपिराम वलि लाई निर्णायक बनाएको कार्यक्रम संयोजक मदन  भण्डारीले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर जेसिज वर्ष -२०२३ का महासचिव दिपेन्द्र कठायतले सहजीकरण गरेको कार्यक्रमको सभापति अध्यक्ष ध्रुव आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
फोटो फिचर :