मापदण्ड विपरीत चलेका अटोरिक्सा कारवाही गर्दै कोहलपुर नगरपालिका

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा अवव्यस्थित रुपमा सञ्चालन रहेका अटोरिक्साहरुलाई कारवाही गर्न थालेको छ ।

अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७९ अनुसार कोहलपुर नगरपालिका पटक पटक सूचना जारी गर्दा समेत अटो रिक्साहरुले अटेरी गरेपछि कारवाहीको पक्रिया अगाडी बढाएको हो ।

कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख विर बहादुर थापाले अटोरिक्साहरु सवारी चालक अनुमती पत्र बिना चल्ने, रुट प्रमिट बिना चल्ने, दर्ता नगर्ने, नविकरण नगर्ने, र लाइसेन्स नभएका अटोरिक्साहरुलाई कारवाही गरेको बताए ।

अटोरिक्साहरुले मनपरी तरीकाले जथाभावी पार्किङ्ग गर्ने, दु्रत गतिमा चलाउने जस्ता गतिविधि गरेपछि नगरपालिकाको कार्यविधि अनुसार काम कारवाही सुरु गरेको नगर प्रमुख प्रमुख थापाले जानकारी दिए ।

थापाका अनुसार कोहलपुर चौराहदेखि ३ रुट छुट्याउँदै चौराहदेखि ४६ स्थानको भाडादर समेत छुट्याइएको छ, तर अटोरिक्साहरुले भाडादर नराखी मनपरी तवरले भाडा लिएको बताए । नगरभित्र सञ्चालन हुने अटोरिक्साहरुमा कोहलपुर नगरपालिकाले तोकेको भाडादर अनिवार्य हुनुपर्ने र अन्यथा कारवाहीको पक्रियामा लैजाने बताए ।

कोहलपुर नगरपालिकामा हालसम्म ६७ वटा अटोरिक्साहरु दर्ता भईसकेको र २ सय ५० भन्दा बढिले दर्ताको पक्रियालाई अगाडी बढाएको नगर प्रहरी प्रमुख थापाले भने, अझै करिब ८ सय भन्दा अटोरिक्साहरु रहेको अनुमान गर्न सकिन्छ ।

मंगलबार कोहलपुरको हाइस्कुलमा चेकिङ्गमा गरिएको थियो सो चेकिङ्गमा करिब २ सय भन्दा बढि अटोहरु मध्ये ८ वटा अटोलाई कारवाही गर्दै अन्य दर्ता पक्रियामा गएकोले छोडिएको थियो । ८ वटा अटोरिक्साहरुलाई ४ हजार रुपैया जरिवाना समेत गरिएको थापाले बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले तोकिएभन्दा बढि भाडा लिएको पाइएमा दफा २, ३, ४, ७, ८, १०, ११, १३, १४, १५, १६, १७, १८, १९, २१, २३, २४, २६, २७ र २९ बमोजिम कारवाही भएको बताए । उनका अुनसार जिल्ला ट्राफिकलाई जरिवानाबाट प्राप्त हुने रकम दिइनेछ भने उत्कृष्ट चालक पुरस्कार समेत पाउनेछन् ।

सम्बन्धित समाचार

दर्ता बिनाका अटोरिक्सा मनोमानी चले, ट्राफिक र नगर प्रहरी मौन

कोहलपुरमा अटोरिक्साको छुट्टियो ३ रुट, चौराहदेखि ४६ स्थानकाे भाडादर कायम (पूर्ण विवरण)