दर्ता बिनाका अटोरिक्सा मनोमानी चले, ट्राफिक र नगर प्रहरी मौन

डिल्ली शाही, कोहलपुर ।

‘कोहलपुरमा ई रिक्सा एक्कासी बढेको देख्दा अचम्मित छन्, ई-रिक्सा मदजुर संगठनका कोहलपुरका अध्यक्ष विनोद मल्ल ।

‘कोहलपुरमा ई रिक्साहरु कहाँबाट आए ?, कसरी आए ?, कसले ल्यायो ?’ उनको प्रश्न छ । ‘नगरपालिकाले कार्यविधि बनाएर मात्र भएन, कार्यान्वयन पनि गर्नुपर्‍र्यो’ भन्छन् अध्यक्ष मल्ल ।

‘ई रिक्सा दर्ता गर्न सूचना आव्हान गरेर मात्र हुँदैन, नियमित चेकिङ्ग गरी दर्ता पक्रियामा ल्याउनुपर्छ, चेकिङ्ग नभएपछि किन दर्ता गर्ने ?

कोहलपुर नगरपालिकाले २०८० जेष्ठ १४ गते अटो तथा विद्युतीय रिक्सा र म्यानुअल रिक्सा दर्ता गर्ने सम्बन्धी एक्काइस दिने सूचना जारी गरिसकेको छ ।

चेकजाँच नगर्दा अटो रिक्साहरु दर्ता पक्रियामा आलटाल गरिरहेको अध्यक्ष मल्ले बताउँछन् । यदि चेकजाँचमा नगरपालिकाले कडाई गरेमा कागजात नभएका अटो रिक्साहरुले दर्ता गर्न बाध्य हुने मजदुर संगठनका अध्यक्ष मल्ल भने ।

‘ई रिक्सालाई कानूनी प्रक्रियामा कडाई नगरिँदा मनोमानी बढेको छ’ अटो चालक उजुर सिंह राना भन्छन् । ‘ई रिक्सा चलाउँदा यात्रुकोे सुरक्षा चाहिन्छ, जुन अहिले कोहलपुरमा देखिदैन’ राना भन्छन्, ।

अटो रिक्सा कानूनी प्रक्रियामा नआउँदासम्म न सामानको सुरक्षा छ न यात्रुको । अटोको कागजात केही छैन कुनै दुर्घटना भएपछि कस्ले व्यहोर्ने ? उनले प्रश्न गरे । स्थानिय सरकार यसबारे चुप लागेर बसेको छ । ट्राफिकलाई एक सय रुपैया भए पुगिहाल्छ उनी भन्छन्, अब यो रोक्ने कस्ले ?

‘नगरपालिकाले कार्यविधि बनायो यो राम्रो पक्ष हो तर कार्यान्वय भएन,’ भन्छन् अर्का ई रिक्सा चालक अमृत गिरी ।

‘कोहलपुरमा चल्ने अधिकांश ई रिक्सामा भाडादर राखिएको छैन, चेकिङ्ग कस्ले गर्ने ट्राफिक या नगर प्रहरी ? अब चाडो भन्दा चाडो चेकिङ्ग गरी दर्ता पक्रियामा लैजान ई रिक्सा चालकहरुले सहयोग गर्ने गिरीको भनाई छ ।

कोहलपुरमा यति छिटै बढ्नुका कारण एउटा छ, त्योे हो दर्ता पक्रिया । दर्ता पक्रिया आउन पहिले चेकिङ्ग गर्ने वा आफैै दर्ता पक्रियामा जाने भन्ने प्रश्न देखिन्छ । कतिपय चालक भन्छन् पहिले चेकिङ्ग, नगरपालिका भन्छ पहिले दर्ता, उता ट्राफिक भन्छ चेकिङ्ग हुन्छ । अब यो ई रिक्सा व्यवस्थापन कस्ले गर्ने ?

दर्ता पक्रिया र चेकिङ्ग नगरेपछि कोहलपुरमा ई-रिक्साहरु ह्वात्तै बढेको छ । न तिनीहरुको अटो नम्बर छ, न तिनीहरुको कागजात, न लाइसेन्स, न रुट प्रमिट, न विलबुक, न विमा नै ।

सडकमा ई रिक्सा चलाक आफू बाहेक अरु कोही छैन जसरी सडक वारपार र मोडछन् । जसले सडक दुर्घटना बढिरहेको छ । कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनि सम्बन्धी कार्यविधि निर्माण गरेको ८ महिना भयो तर कार्यान्वयन फितलो देखिएको छ ।

नगरपालिकाले स्थानिय सञ्चालन ऐन, २०७४, को दफा ११ को उपदफा २(ट) खण्ड ४ को अधिकार कार्यान्वयन गर्न सो ऐनको दफा ११ को उपदफा ४(ट) बमोजिम कार्यविधि निर्माण गरेको हो ।

सो कार्यविधिले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको दर्ता, अनुमति, नगर क्षेत्रलाई आवश्यक संख्याको निर्धारण, रुट निर्धारण, भाडा दर निर्धारण तथा नियमन जस्ता कार्यलाई व्यवस्थित गर्न यो कार्यविधि बनाएको छ ।

यद्यपी, कोहलपुर क्षेत्रमा करिब दुई हजारको हाराहारीमा ई- रिक्सा सञ्चालनमा रहेका छन् ।

अहिलेसम्म कुनै पनि ई रिक्सा दर्ता नभएको नगरपालिकाका नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताउँछन् । ‘ई रिक्साहरु दर्ता गर्नका लागि सूचना आव्हान गरेका छौं,’ थापाले भने, ‘दर्ता पक्रियामा आउनुभएको छैन ।’ अहिले नगर प्रहरीले कता कता विजी हुन्छ, त्यसैले चेकिङ्ग गर्न नसकेको नगर प्रहरी थापाको भनाई छ ।

उता नगर प्रहरी र ट्राफिकको संयुक्त रुपमा चेकिङ्ग हुन्छ भन्छन्, बाँके जिल्ला ट्राफिक प्रमुख तिलक सुनार । नेपालगञ्जमा चेकिङ्ग हुँदा कोहलपुरमा आएका छन् तर पुनः कोहलपुरमा पनि चेकिङ्ग हुन्छ त्यसमा हामी गम्भिर भएर लागेको सुनार बताउँछन् ।

याे पनि पढ्नुहाेस् ।

कोहलपुरमा अटोरिक्साको छुट्टियो ३ रुट, चौराहदेखि ४६ स्थानकाे भाडादर कायम (पूर्ण विवरण)