कोहलपुरका विभिन्न स्थानमा जेब्रा क्रसिङ्ग मै डिभाईडर

कोहलपुर ।

कोहलपुर-नेपालगञ्ज सडकखण्डमा जेब्रा क्रसिङ्ग मै डिभाईडर राख्दा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

कोहलपुर नगरपालिकाको हवल्दारपुर हुँदै कोहलपुर चौराहसम्म विभिन्न स्थानमा जेब्रा क्रसिङ्ग मै डिभाइडर राखिँदा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

जेब्रा क्रसिङ्गमा लगाएको कलर समेत छैन । जेब्रो क्रसिङ्ग त बनाइयो तर कहाँबाट सडक वारपार गर्ने ? भन्ने सर्वसाधारणमा निकै सास्ती भोगिरहेका छन् ।

कोहलपुरको हवल्दापुरदेखि कोहलपुर चौराहसम्म करिब ७ स्थानहरुमा जेब्रा क्रसिङ्ग मै डिभाईडर राखिएका छन् ।

विहान बालबालिका, अपाङ्ग, बृद्धाबृद्ध लगायत सर्वसाधारणहरुले समेत सडक वारपार गर्दा जेब्रा क्रसिङ्गमा नै डिभाईडर हुँदा समस्या हुने गरेको त्रिभुवन हाइस्कुल र डाइनामिक स्कुलका विद्यार्थीहरुले बताएका छन् ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले क्रेब्रा क्रसिङ्ग मै डिभाईडर राख्न नमिल्ने बताए । सडक डिभिजन कार्यालयले उठाउनका लागि उपकरणहरु नहुँदा समस्या भएको भन्दै अब केही दिनमा नै हटाउने बताए ।

‘सडक दुर्घटना नहोस् भनेर नै जेब्रा क्रसिङ्ग राखिएको हुन्छ,’ उनले भने, ‘त्यसमा नै डिभाईडर राख्दा सर्वसाधारणहरुले कसरी सडक वारपार गर्न सक्छन् ?’

कोहलपुरका व्यवसायीहरुले सडकको मापदण्डमा नहेरी मनपरी तरिकाले आफ्नो व्यवसाय अगाडीबाट डिभाईडर हटाउने र रिलिङ्ग काट्ने काम भएको छ त्यसको लागि जिल्लाका प्रमुखहरुको सल्लाह अनुसार काम कारवाही अगाडि बढाउने कार्यालय प्रमुख शाक्यले बताए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पूर्व जनप्रतिनिधिहरुले राखिएको डिभाईडरलाई हामी नहटाएको मात्र हो, सडक डिभिजनसंगको समन्वयमा केही दिनमा नै हटाउने र जेब्रा क्रसिङ्गमा कलर समेत लगाउने बताए ।