Kohalpur Today Header Ads

दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा रिट




दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर प्रहरीले नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।

‘उहाँलाई मंसिर ८ गते बिहानदेखि नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्‍द्र भण्डारीले भक्तपुर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट दिनुभएको छ,’ उनले भने, ‘रिट दर्ता भएको छ।’

रिटको सुनुवाइका लागि आइतबारलाई पेशी तोकिएको छ।

LIfe Ok

प्रसाईंले शुक्रबार काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने बताएका थिए। तर उनले कार्यक्रम गर्ने अनुमति नलिएको काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले बताएका थिए।

उनलाई बल्खुमा कार्यक्रम गर्नको लागि अनुमति लिन आउनसमेत प्रशासनले भनेको थियो। तर प्रसाईंले अनुमति नलिएको प्रशासन कार्यालयको भनाइ छ।

प्रशासनले उनलाई नजरबन्दमा नराखेको पनि बताएको छ। केही दिनयता उनकै सुरक्षाको लागि प्रहरी खटाइएको काठमाडौं प्रशासनको भनाइ छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार