Kohalpur Today Header Ads

राजावादी अभियन्ताहरु पक्राउ




काठमाडौं ।

दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

LIfe Ok

तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो ।

त्यसपछि प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको हो । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार