बैजनाथ ६ मा जग्गाको निस्सा वितरण शुरु, स्थानिय उत्साहित

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका ६ मा जग्गाको निस्सा वितरण सुरु भएको छ ।

विगत लामो समयदेखि भोगचल गर्दै आएको जग्गाको निस्सा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले वितरण सुरु गरेका छन् ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, राष्ट्रिय भूमि आयोग बाँके बिज्ञ सदस्य अशोक प्रशाद पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नम्बर ३ सभापति भिम बहादुर खड्का, नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि.क. ‘प्रदीप’, निवर्तमान वडा अध्यक्ष भद्र बहादुर बस्नेत, बैजनाथ गाउँकार्यपालिका सदस्य कमान सिंह सुनार, बैजनाथ ६ का वडा सदस्य खुशिराम थारु, पानसरा सुनार, ईन्द्र कुमारी भण्डारी राना र सुर्य बहादुर थापा नेकपा एमाले बैजनाथ ६ का अध्यक्ष पुतली हमाल लगाएत स्थानीय नागरिकहरुको उपस्थितिमा निस्सा बितरण कार्यक्रम भएको थियो।

बैजनाथ ६ मा बसोबास गर्ने भुमिहिन सुकुम्बासी १ सय ८१ भुमिहिन दलित १ सय ४७ अव्यवस्थित बसोबास ९ सय २९ परिवारलाई बुधबार देखि निस्सा वितरण शुरु गरीएको बैजनाथ गाउँपालिका ६ का वडा सचीव निम बहादुर थापाले जानकारी दिए ।

स्थानीय जनतालाई निस्सा बितरण शुरु गर्न राष्ट्रिय भूमि आयोग नेपाल बाँके बिज्ञ सदस्य पोख्रेलले निस्सा अनुसार नै जग्गाको मुख्य आधार भएकोले राष्ट्रिय भूमि आयोगलाई बुझाएको विवरण अनुसार तथ्यांक रुजु गरेर पठाएको मुख्य प्रमाण हो। सबैलाई निस्सा बितरण भए फिल्डमा नापि कर्मचारी गएर क्षेत्रफल एकिन गरेर जग्गाधनी प्रमाणपत्र तयार गरिने बताए ।

बैजनाथ स्थानीय सरकार प्रमुख शाहीले स्थानीय जनताको अधिकार प्रदान गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै बैजनाथ ५, ६, ७ र ८ को पहिलोचरणमा र बैजनाथ १, २, ३ र ४ को दोश्रो चरणमा काम गरीने बताए ।