नेपाल वितरक महासंघद्धारा भूकम्प पिडितलाई १७ लाख बढिको राहत

कोहलपुर ।

नेपाल वितरण महासंघद्धरा भूकम्प प्रभावित क्षेत्रका नागरिकका लागि १७ लाख बढिको राहत उपलब्ध गराएका छन् ।

देशभरकै नेपाल वितरण महासंघमा आबद्ध सदस्य तथा प्रतिनिधिहरुले संकलन गरिएको १७ लाख भन्दा बढि राहत जाजरकोट पु¥याईएको कोहलपुर वितरण संघका अध्यक्ष खेम प्रसाद घिमिरेले बताए ।

यस्तै महासंघका केन्द्रीय सदस्य मदनराज न्यौपानेले देशभरी ३२ वटा संघहरू रहेको तर अहिले १८ जिल्ला संघमा ४ हजार बढि सदस्यहरुबाट राहत संकलन गरेको बताए ।

‘अन्य जिल्लाबाट समेत राहत संकलन हुने कार्यक्रम निरन्तर सञ्चालन हुनेछ’ उनले भने, ‘मानविय नाताले सबै डिलर्सका सदस्यहरुले राहत उपलब्ध गराउने छौं ।’

जाजरकोट जिल्ला प्रशासन कार्यालयसंग समन्वयमा कुशे गाउँपालिकाका ४ सय घरधुरीलाई सामान वितरण गर्ने गरी राहत जाजरकोट पु¥याएको केन्द्रीय सदस्य मदनराज न्यौपानेले बताए ।

सुर्खेत वितरक संघका प्रबक्ता गणेश शर्मा ढकालले आपत्तकालिन अवस्थामा करिब ३ लाख रकम बराबरको राहत वितरण गरेको र थप अहिले साढे १३ लाख बढि रकमको राहत उपलब्ध गराएको बताए ।