देउसीभैलोबाट उठेको रकम मृगौला पिडितलाई ४० हजार सहयोग




कोहलपुर ।

कोहलपुर नगरपालिका ११ का दुबै मृगौला पिडित प्रकाश विकलाई देउसीभैलोबाट उठेको ४० हजार रकम उपलब्ध गराएका छन् ।

१ वर्षदेखि मृगौला पिडित विकको घरमा नै गएर देउसीभैलोबाट उठेको रकम देउसीभैलो टिमका नेतृत्व गरेका दिपेन्द्र कुँवर र सुरेश अधिकारीले संयूक्त रुपमा मृगौला पिडितलाई ४० हजार रुपैया रकम उपलब्ध गराएका हुन् ।

नेतृत्व गरेका सुरेश अधिकारीले मृगौला पिडितलाई मात्र नभई जाजरकोटमा भूकम्पबाट प्रभावित नागरिकलाई समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देउसीभैलो खेलेर पिक्निक र घुम्न जान्छन् तर हामीले पिक्निक र घुम्न जानुभन्दा मृगौला पिडित सहयोग ग¥र्यौ र अझै जाजरकोटमा भूकम्पबाट प्रभावित नागरिकलाई सहयोग गर्ने अधिकारीले बताए ।

सगरमाथा डान्स एण्ड ईन्टरमेन्ट खजुरा र दशविगाह युवा जागरण कोहलपुरको संयुक्त रुपमा देउसीभैलो खेलेका थिए ।

सगरमाथा डान्स एण्ड ईन्टरमेन्टका अध्यक्ष अध्यक्ष दिलु सुनारले मानविय नाताले सहयोग गनुपर्ने धारणाको विकास गर्न सबैमा आग्रह गरे ।

देउसीभैलो खेलेर पिक्निक जानुभन्दा गरिब दुःखीहरुलाई सहयोग गर्न पाउँदा निकै खुसी भएको सुनारले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर ४ गते सोमबार