नमस्ते कान्तिपुर यातायात प्रा.लि.को लापरबाहीले यात्रुले पाए सास्ती

कृष्ण शाही, कोहलपुर ।

कोहलपुरमा प्रधान कार्यालय भएको नमस्ते कान्तिपुर यातायात प्रा.लि.ले निकै लापरबाही गरेको पाइएको छ ।

कोहलपुरदेखि काठमाडौ जानाका लागि कोहलपुर बसपार्कमा रहेको नमस्ते कान्तिपुर यातायात प्रा. लि. ले विगतका दिनहरुमा समेत एउटै सिटमा दुई टिकट काट्दै यात्रुलाई सास्ती दिने गरेको यात्रुहरुले बताइरहेका थिए तर यहि विषयलाई लिएर कोहलपुर टुडेले निगरानी गरिरहेका थियो । तर अन्तः पुष्ठी हुन पुग्यो ।

यहि मङ्सिर २ गते बस नं ०९८२ बुलेटमा दिपक रोकाय र रोमण शर्माको एउटै सिट काटिएको थियो । कोहलपुर बसपार्कमा रहेको प्रहरीलाई यात्रुले लापरबाहीको खबर गर्दा प्रहरीले खासै चासो देखाउँदैन र देखाउन पनि चाहाँदैन । हुन त प्रहरीले सुरक्षाको दृष्टिकोणको रुपमा हेरिरहेका प्रहरीलाई सिट व्यवस्थापन मिलाउन पनि ग्राहै काम हो । सबैभन्दा बढि नमस्ते कान्तिपुर यातायातको बुलेट एयर बसले भने यस्ता त्रुटीहरु निरन्तर गरिहेको पाइन्छ ।

यातायात व्यवसायीहरुले नेपालगञ्ज ‘ए’ र कोहलपुर ‘वी’ अथवा कोहलपुर ‘ए’ नेपालगञ्ज ‘वी’ हुने टिकट काट्ने व्यवस्था गरी टिकट काटिरहेका हुन्छन् । कोहलपुरबाट काटेका टिकटमा नेपालगञ्जबाट पनि एउटै सिटमा टिकट काटी पठाएपछि यो समस्या आएको हो ।

नमस्ते कान्तिपुर यातायातका अध्यक्ष थमनले लापरवाही नभई प्राविधिक त्रुटी भएको स्वीकारेका छन् । ‘यात्रुहरुलाई अपलत्र पारेका छैनौ,’ उनले भने, ‘यात्रुहरुलाई गन्तव्य सम्म पु¥याएका छौं ।’ तर कतिपय यात्रुहरु भने घरफर्किनुभयो तर उहाँहरुलाई समेत गाडीको व्यवस्थापन गरिसकेको अध्यक्ष थमनले कोहलपुर टुडेलाई जानकारी दिए ।

नेपालगन्जबाट टिकट लिएका यात्रुहरु समेत टिकट फिर्ता गरी घर फर्किएका थिए ।