कोहलपुर वडा नं. १ मा बृहत सरसफाई




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. १ मा बृहत सरसफाई कार्यक्रम गरिएको छ ।

शुक्रबार कोहलपुर नगरपालिकाका वडा नं. १ वडा कार्यालयको आयोजना तथा मध्यपश्चिम पृतना तालिक शिक्षालय आर्मी व्यारेकको सहकार्यमा बृहत सरसफाई कार्यक्रम भएको हो ।

‘ख लाईन’ हुँदै जनज्ञान ज्योति मावि बाट ‘क लाईनसम्म बृहत सरसफाई गरिएको कोहलपुर वडा नं. १ का बद्रि प्रसाद जैसीले जानकारी दिए ।
वडा अध्यक्ष जैसीका अनुसार सरसफाई अभियान निरन्तर चलिरहेको भने शुक्रबारको दिनमा प्रत्येक टोल तथा चोकहरुमा सरसफाई गर्ने गरेको बताए ।

वडा कार्यालयका वडा सदस्य, मध्यपश्चिम पृतना तालिम केन्द्रका नेपाली सेना तथा स्थानियहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार