भुकम्प पिडितलाई कोहलपुर र बैजनाथले ४ लाख ५० हजार सहित औषधि सहयोग दिने घोषणा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले भूकम्प पीडितलाई राहात दिने भएको छ ।

कोहलपुर नगरपालिकाले दुई लाख र बैजनाथ गाउँपालिकाले २ लाख ५० हजार बराबरको खाद्यान्न र औषधि प्रभावित क्षेत्रमा सहयोग गर्ने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलको अध्यक्षतामा आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कोहलपुर नगरपालिकाको तर्फबाट तत्काल राहात स्वरुप दुई लाख बराबरको खाद्यान्न र औषधि उपलब्ध गराउने नगर प्रमुख पूर्ण प्रसाद आचार्यले घोषणा गरेका हुन् ।

यस्तै बैजनाथ गाउँपालिकाको तर्फबाट तत्काल राहात स्वरुप २ लाख ५० हजार दिने गाउँपालिका अध्यक्ष प्रकाश शाहीले घोषणा गरेका छन् ।
प्राकृतिक प्रकोपबाट जुधिरहेका प्रभावित क्षेत्रका बासिन्दालाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले कोहलपुर र बैजनाथले बजेटको व्यवस्थापन गरेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार