जाजरकोट र रुकुममा भूकम्प अपडेट : १ सय २९ जनाको मृत्यु, १ सय ४० जना घाइते

जाजरकोट ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले विहान ८ बजेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ९२ जनाको मृत्यु छ भने १ सय ४० जना बढी घाइते भएको बताएका छन् ।

८ सय २६ जना उद्धार टोली परिचालन गरिएको डीआईजी ढकालले बताए ।

घाइतेहरूलाई भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई डेडिकेट ताेकिएकाे छ ।

उनका अनुसार विपदमा गर्नुपर्ने कामहरु कुनै बाँकी नराखेको र नेपाल प्रहरीहरुका सम्पूर्ण यूनिटहरु फिल्डमा नै खटिएको बताए ।

उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा सबैभन्दा धेरै क्षति भएको छ । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गए हो ।