राष्ट्रिय मानव अधिकार मञ्च बाँकेद्धारा सिडियो र एसपीलाई स्वागत

कोहलपुर ।

राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेले नयाँ सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल र नेपाल प्रहरीका प्रमुख एसपी सुवास चन्द्र बोहरालाई स्वागत कार्यक्रम गरेको छ ।

सोमबार एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय मानव अधिकार मञ्च नेपालका अध्यक्ष राम बहादुर मल्ल लगायत पदाअधिकारीहरुले सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरीका प्रमुख एसपी बोहरालाई स्वागत कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष मल्ले जन्मदेखि मृत्युसम्म प्राप्त गर्ने मानवविय अधिकारहरुलाई अक्षरस कार्यान्वयन गरी लैजाने बताए ।

केही दिनमा बाँकेका उद्योग, कलकारखाना, होटल तथा अन्य क्षेत्रहरुमा अनुगमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेल, नेपाल प्रहरीका प्रमुख एसपी बोहरा, शसस्त्र प्रहरी बल बाँकेका प्रहरी उपरिक्षक रमेश विक्रम शाही र राष्ट्रिय अनुसन्धान प्रमुख मोहन कुँवरलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेका उपाध्यक्ष अञ्जना पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव राजन कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेपालगञ्जमा सामाजिक र धार्मिक सद्धभाव भड्किएपछि सुरक्षा परिषद्ले दुवै सिडियो र एसपीले कार्यकुशलता देखाउन नसकेको विश्लेषण भएपछि असोज २५ गते सरुवा भएको थियो ।

स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, समाजसेवी चिन्तामणि धिताल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री र काेहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरी कठायत लगायतको उपस्थिति रहेको थियो ।