अब ट्राफिक चेकजाँच क्रममा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)ले मान्यता पाउने भएको छ।
सोमबार नागरिक एपले आफ्नो सामाजिक सञ्चालमार्फत् ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई मान्यता दिने व्यवस्था लागू भएको जनाएको हो।
पोस्टमा लेखिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ।’
यदि नागरिक एपमा लाइसेन्स लिंक गरिएको छैन भने चालकहरूलाई एपमा लाइसेन्स लिंक गर्न समेत पोस्टमार्फत् अनुरोध गरिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्