खन्डग्रास चन्द्रग्रहणको प्रभाव

एकराज शर्मा, बांके

खन्डग्रास चन्द्रग्रहणको फल के हो ?

निद्रायां जायते व्याधिमुत्रे दारिद्रमाप्नुयात्। परिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ॥ अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सधैं बधे नरकं व्रजेत् ॥

यो वर्षको अन्तिम चन्द्रग्रहण लाग्दै छ । यो खन्डग्रास चन्द्र ग्रह्ण हो । आज श्री शाके १९४५, वि.सं. २०८०, आश्विनशुक्ल १५ (पूर्णिमा) तिथि, कार्तिक ११ शनिवार तदानुसार चन्द्र ग्रहण लाग्दै छ । यसको स्पर्शः राती १:१९ बजेबाट सुरु हुने छ भने रातिको मध्य: १:५९ बजे हुनेछ । ठिक २९.१२ मिनेट सम्म मात्र ग्रहण लाग्ने छ । ग्रहणको राती मोक्षः २ बजेर ३८ मिनेटमा हुनेछ । सर्वपर्वः १ घन्टा १९ मिनेट हुने छ ।

यो चन्द्रग्रहणबाट कुन राशिको के फल हेरौ

मेष: राशिको व्यक्ति लाई घात ।
वृष : राशीको व्यक्ति लाई व्यय ।
मिथुन : राशिको व्यक्ति लाई लाभ ।
कर्कट : राशीको व्यक्ति लाई सुखम ।
सिंह : राशीको व्यक्ति लाई माननश ।
कन्या : राशिको व्यक्ति लाई कस्ट ।
तुला : राशिको व्यक्ति लाई स्त्रीपीडा ।
वृश्चिक : राशिको व्यक्ति लाई सौख्यम ।
धनु : राशिको व्यक्ति लाई चिन्ता ।
मकर : राशिको व्यक्ति लाई व्यथा ।
कुम्भ : राशिको व्यक्ति लाई श्रीप्राप्ति ।
मीन : राशीको व्यक्ति लाई क्षती ।

कार्तिक ११ गते शनिबार अपरान्ह ४:१९ बजेदेखि ग्रहणको सुतक लाग्ने छ । उक्त समयमा बृद्द, बालबालिका, आतुर व्यक्ति, अशक्त व्यक्ति, सुत्केरी, बिरामी औषधि सेवन गर्ने व्यक्ति बाहेक अरुले खाना वा भोजन गर्नु हुदैन ।

लेखक : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विषयका उप प्राध्यापक तथा बैद्दिक धर्मपरिषद नेपाल बांकेका सचिव हुनुहुन्छ ।