Kohalpur Today Header Ads

नेपाल र यूएईबीचको फाइनल आज




काठमाडौँ ।

काठमाडौँमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हुनेछ ।

नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो ।

LIfe Ok

यूएई र हङकङले समान एक-एक खेल जित हात पारेपनि नेट रनरेटमा भने यूएईले हङकङलाई पछि पार्दै फाइनलमा स्थान बनाएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक १० गते शुक्रबार