Kohalpur Today Header Ads

कोहलपुर २ मा शुभकामना आदानप्रदान




कोहलपुर ।

नेपालीहरुको महान पर्वको अवसरमा कोहलपुर २ को वडा कार्यालयले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा आज शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

LIfe Ok

विजया दशमी शुभ दिपावलीको अवसरमा वडाबासीहरुमा रहनुभएका सम्पूर्ण राजनितिक दल, व्यवसायी, शिक्षक,कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व वडा अध्यक्ष सहित वडा सदस्यहरुलाई सम्मान गरेको थियो । कोहलपुर वडा नं. २ का वडा सदस्य तारादेवी सुनारले स्वागत मतव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन कोहलपुर २ का वडा सचिव चन्द्रा कुमारी तिवारीले गरेकी थिइन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, टोल विकासको तर्फबाट पृर्थी बहादुर बुढा, विद्यालयहरुको तर्फबाट शिव शक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रिनाथ सापकोटा, सामुदायिक वनको तर्फबाट कृष्ण राना भाट, राजनितिक दलको तर्फबाट दल बहादुर विक लगायतले शुभकामना आदानप्रदान गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार