बाँकेमा थप १ सय ७२ जनामा कोरोना, ७७ जना डिस्चार्ज

काेहलपुरमा ४० जना कोरोना पुष्टि

काेहलपुर ।

बाँकेमा बाँकेमा बिहीवार थप १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशाला र काेहलपुर नगरपालिका गरी १ सय ७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।

भेरी अस्पतालमा ९२ जनाको नमुना जाँच गर्दा ५९, मेडिकल कलेज कोहलपुरमा ६३ जनाको नमुना जाँच गर्दा ५६, बागेश्वरी ल्यावमा २७ नमुना जाँच गर्दा १७  र काेहलपुर नगरपालिकामा ५३ नमुना जाँच गर्दा ४० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमणपुष्टि भएकामध्ये बाँकेका १ सय २९ जना छन् ।

यस्तै बिहीवार ७७ जना डिस्चार्ज भएका छन् ।  भाइरस संक्रमणको जोखिम बढेसँगै नगरपालिकाले सातामा दुई दिन सोमवार र विहीबार लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्दै आएको छ ।