होटेलमा लिएर महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

रुकुम पश्चिम ।

रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा लिएर महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सानीभेरी गाउँपालिका –९ सिम्ली बस्ने का ३३ बर्षिय लोकेन्द्र बिक भनिने लोकबहादुर बिकलाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए ।

बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई सार्वजनिक गरिएको हो ।

मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृतकको घाँटि रेटेर हत्या गरिएको डिएसपी भट्टराईले बताए ।

मुसीकोट नगरपालिका–१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या गरिएको बताईएको छ ।

प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु, मोबाईल, चक्कुको खोल र प्रतिवादीको घरकोठाबाट नगद ८५ हजार ८३५ रुपियाँ बरामद गरेको जनाएको छ ।