प्रेस चौतारी कोहलपुर नगर अध्यक्षमा रिजाल

कोहलपुर ।

प्रेस चौतारी कोहलपुरको नगर अध्यक्षमा प्रमोद रिजाललाई चयन गरेका छन् । आइतबार कोहलपुरमा भएको प्रथम भेलाले प्रेस चौतारी कोहलपुर नगर समितिको अध्यक्षमा प्रमोद रिजाल चयन गरेको हो ।

जसको उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु थापा, सचिवमा रवि रोकाय, सह सचिवमा विजय परियार र कोषाध्यक्षमा सजन कुमार (आरसि) चयन भएका छन ।

यस्तै सदस्यहरुमा देवी सुनार, क्षितिज मगर र टार्जन वलीलाई सर्वसम्मत चयन गरीएको प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले जनाएका छन् ।

नगर स्तरीय भेला तथा प्रथम अधिवेशनको उद्घाटन शत्रमा बाँके क्षेत्र नं. १ का सांसद सुर्य प्रसाद ढकालको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराईको स्वागत मन्तब्यसंगै शुभारम्भ गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य गोपाल गिरी, प्रेस चौतारीका पुर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्मा, कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, प्रेस चौतारीका नेताहरु भेषराज वस्नेत, डिल प्रकाश घिमिरे, हेमन्त वि.क., नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकाल, प्रेस सेन्टर कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमाल लगाएत अतिथिहरुले चौतारीको प्रथम अधिवेशनको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।