नमूना विद्या सदनका नव आगन्तुक विद्यार्थीलाई स्वागत

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ८ मा रहेको नमूना विद्या सदनले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । आज एक औपचारीक कार्यक्रम गरी नमूना विद्या सदन माध्यमिक विद्यालयले नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले नव आगन्तुक कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई सांस्कृतिक, साहित्यिक कार्यक्रम गरी भव्य रुपमा स्वागत गरिएको विद्यालयका शिक्षक सुदन गुरुङले बताए ।

गुरुङले छोटो समयमै शैक्षिक अभियानमा अब्बल सावित गर्दै गएको नमुना विद्या सदनमा यस आर्थिक वर्षमा व्यवस्थापन र शिक्षा संकायमा कक्षा ११ मा १ सय १६ जना भर्ना भएको बताए ।

नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीले शैक्षिक हव बनाउन संस्थागत विद्यालयहरुको ठुलो भूमिका रहेको बताए ।

नमूना विद्या सदन विद्यालय पछिल्लो समयमा गुणस्तरीय र प्रभावकारी ढङ्गबाट शिक्षा क्षेत्रमा अब्बल भएको वडा अध्यक्ष योगीले बताए ।

बाँके जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन लाग्नुभएका व्यत्तित्वहरुलाई सम्मान गर्दै नेपालमा पढेर नेपालमै बस्ने वातावरण गराउन तर्फ तिनै तहका सरकारहरु लाग्नुपर्ने बताए ।

यस्तै राष्ट्रिय परिक्षा बोर्डका अधिकृत गोपाल केसीले बालबालिकालाई कितावी ज्ञान मात्र दिएर हुँदैन, विश्वव्यापी भइरहेको प्रयासहरुलाई उजागरण गर्दै व्यवहारीक ज्ञान सिपलाई विकासलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

यस्तै कोहलपुर नगरपालिका १० का पूर्व वडा अध्यक्ष निरज चलाउनेले कक्षा १२ पास गरेर विद्यार्थीहरु बैदेशिक यात्रामा लाग्न बाध्य भएका छन्, त्यसलाई रोक्न राज्यले ठोस निती र योजना ल्याउनुपर्ने बताए ।

‘स्थानिय सरकारदेखि केन्द्रिय सरकारले शिक्षामा ठुलो लगानी गरेको छ,’ उनले भने, ‘लगानी गरेअनुसारको देशले सदुपयोग गर्न पाएको छैन ।’ शिक्षा क्षेत्रमा सुधार गर्न देशका मन्त्रीदेखि वडा अध्यक्षसम्मले स्वदेशमा नै रोजगारको व्यवस्थापन गर्नुपर्ने बताए ।

नमूना विद्या सदन विद्यालयका कार्यकारी निर्देशक शिव डाँगीले बालबालिकालाई व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

यस्तै कक्षा १२ का छात्र सुरज पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षक बेगम थापा, प्रिन्सिपल नविन रावत लगायत विद्यार्थीहरुको सहभागिता थियो ।

कक्षा १२ का सोभना देवकोटा र ईग्रा सल्मानि कार्यक्रम सञ्चालन गरेको थिए । कक्षा १२ मा १ सय २५ जना विद्यार्थीहरु अध्ययन गरिहरको छन् ।