सुर्योदय माविको सुविधायुक्त ४ कोठे भवन उद्घाटन

कोहलपुर ।

बैजनाथ गाउँपालिका १ मा रहेको सुर्योदय माध्यामिक विद्यालय चिसापानीको सुविधायुक्त भवन निमार्ण कार्य सम्पन्न गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत निर्माण भएको भवनको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही तथा वडा अध्यक्ष रुप बहादुर मल्लले संयुक्त रुपमा शुक्रबार उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष शाहीले भवन निर्माण भएपछि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न बिद्यालयलाई सहज भएको बताए ।

‘बिद्यार्थी संख्याको अनुपातमा बिद्यालयसँग भवन अभाव थियो,’ उनले भने, ‘यो भवन बनेसँगै अब धेरै नै राहत भएको छ ।’ कुल ५४ लाख रुपैयाँको लागतमा चार कोठे भवन निर्माण कार्य सम्पन्न भएको शाहीले बताए ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रुपबहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बुढाक्षेत्री, प्रधानाध्यापक दीपकबहादुर शाही, विभिन्न दलका प्रतिनिधि, अभिभावक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।