कोहलपुर ।
स्थानिय तहका कर्मचारीहरुले बाँके जिल्ला स्तरीय संघर्ष समिति गठन गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी संघर्ष समिति गठन गरेको हो ।
बुधबार स्थानीय तह कर्मचारी जिल्ला भेलाले खिमानन्द अर्यालको संयोजकत्वमा ११ जना सदस्यीय संघर्ष समिति बनाएको हो ।
स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा असोज १५ गतेदेखि जारी दवावमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन बाँके जिल्लाका ८ वटै पालिकामा सहकार्य, समन्वय व्यवस्थापन र अनुगमन गर्दै आन्दोलनका कार्यक्रमहरुलाई दबाबमूलकरुपमा प्रस्तुत गर्न संघर्ष समिति गठन गरिएको अर्यालले बताए ।
एकीकृत निजामती सेवा ऐनमा २० बुँदे मागलाई यथाशिघ्र सम्बोधन गर्न गराउन दबाब दिने उद्देश्यले गठित समितिको सदस्यहरुमा खजुरा गाउँपालिकाबाट खगेन्द्रबहादुर मल्ल, बैजनाथबाट पूर्णप्रसाद जैसी, कोहलपुर नगरपालिकाबाट सुवास पौडेल र शिला गौतम जानकीका दिपक केसी, नरैनापुरका लक्ष्मीकान्त मिश्र, डुडुवाबाट रामअचल यादव, राप्तीसोनारीका मनोज वली र नेपालगन्ज उपमहानगरपालिकाका पूजा बस्न्यात तथा सदस्य सचिवमा नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना रहेका छन् ।
स्थानीय तहका कर्मचारीले गत शुक्रबारदेखि पेन डाउन गरेर काम रोकेका छन् । मंगलबार काठमाण्डौमा कर्मचारीमाथि दमन भएपछि उनीहरु थप आक्रोशित भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्